२५ वर्षे सहकारी रणनीतिक योजनाका प्रमुख सूचकहरूको प्रक्षेपण र लक्ष्यहरू
पन्ध्रौं योजनमा (आधारपत्र) मा उल्लेख गरे बमोजिम आगामी २० वर्षमा देशको आर्थिक वृद्धि स्थिर मूल्यमा १०.५ प्रतिशतले रहने मान्यताको आधारमा सहकारी क्षेत्रले आउँदो ५, १०, १५, २० र २५ वर्षमा प्राप्त गर्न सक्ने उपलब्धि र त्यसबाट नेपालको अर्थतन्त्रका विविध क्षेत्रहरूमा हुने योगदानलाई वस्तुपरक रूपमा प्रक्षेपण गर्ने प्रयत्न गरिएको छ ।
प्रक्षेपणका मुख्य मान्यताहरू
– हाल कुल गार्हस्थ्य उत्पादनमा रहेको करिब ३ प्रतिशतको सहकारीको योगदानलाई पाँच गुणाले वृद्धि गरी आगामी २५ वर्षमा १५ प्रतिशत पु¥याउने । यो लक्ष्य विश्व अर्थतन्त्रमा सहकारीको योगदान, नेपालको पन्ध्रौं योजना र दीर्घकालीन सोच तथा सहकारी बोर्ड तथा सहकारी महासंघको सुझावलाई समेत विचार गरी प्रक्षेपण गरिएको छ ।
– पन्ध्रौं योजनामा प्रस्तुत दीर्घकालीन आर्थिक वृद्धिको लक्ष्य अनुरूप प्रतिवर्ष १०.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमानको आधारमा प्रक्षेपण गरिएको छ ।
– आर्थिक वृद्धि आर्थिक रूपले सक्रिय (१५ वर्ष माथि) जनसंख्याको हाल करिब ३१ प्रतिशतकोे हाराहारीमा रहेको सहकारी सदस्यको पहुँचलाई आगामी २५ वर्षभित्र ७५ प्रतिशतमा पु¥याउने ।
– हाल रहेका सहकारीको संख्यालाई आगामी २५ वर्षमा दुई तिहाइले घटाई करिब १५,००० को संख्याकायम गर्ने । यस प्रतिवेदनको प्रक्षेपण अनुसार आगामी ५ वर्षमा गरिबी निवारण कोष अन्तर्गत रहेका करिब ३२००० सामुदायिक संस्था लगायत मर्जरको नीति कार्यान्वयनमा जाने हुँदा सो अवधिमा सहकारीको संख्या केही बढ्ने भएतापनि तत्पश्चात्का वर्षहरूमा सहकारीको संख्या घट्ने अनुमान गरिएको छ ।
यस अनुमान अनुसार आगामी २५ वर्षमा कुल गार्हस्थ्य मूल्य अभिवृद्धिमा कृषि सहकारीको ५.९२ प्रतिशत, गैरकृषिको ५.४१ प्रतिशत, सेवा सम्बन्धी सहकारीको ३.२२ प्रतिशत र बचत तथा ऋण सहकारीको ०.४५ प्रतिशतको योगदान रहनुपर्ने देखिन्छ ।सहकारीको संख्या, बचत एवं ऋण लगानी माथि उल्लिखित १०.५ को आर्थिक वृद्धि हासिल गर्न बढ्नुपर्ने देखिन्छ ।
हासिल गर्नुपर्ने परिमाणात्मक सूचकहरू
सेयर पुँजी
माथि उल्लिखित अर्थतन्त्रमा योगदान पु¥याउनको लागि आगामी ५ वर्ष (सन् २०२५ को अन्त्यसम्ममा) यो करिब ३.०० खर्ब हुने प्रक्षेपण गरिएको छ जुन कुल गार्हस्थ्य उत्पादनको ४.५७ प्रतिशत हुन आउँछ । त्यसैगरी, आगामी १०, १५, २० र २५ वर्षमा वर्षसम्म क्रमशः रु. ४.२० खर्ब, ६.८० खर्ब, १०.९५ खर्ब र १७.७० खर्ब पुग्नेछ । जुन तत्कालिक कुल गार्हस्थ्य उत्पादनको क्रमशः करिब ४.९६ प्रतिशत, ५.१९ प्रतिशत, ५.३३ र ५.४२ प्रतिशत हुन आउँछ ।
सहकारी बचत
रणनीतिक लक्ष्य प्राप्तिको लागि सहकारी क्षेत्रको हालको करिब रु. ३.४५ खर्ब बचत आगामी ५ वर्षमा करिब रु. १०.४० खर्ब हुने देखिन्छ, जुन कुल गार्हस्थ्य उत्पादनको करिब १४.४० प्रतिशत हुन आउँछ । त्यसैगरी, आगामी १०, १५, २० र २५ वर्षसम्ममा क्रमशः रु. १६.७४ खर्ब, २४.४८ खर्ब, ३९.४३ खर्ब र ६३.४३ खर्व हुनेछ । यो प्रक्षेपित कुल गार्हस्थ्य उत्पादनको क्रमशः करिब १५.२९ प्रतिशत, १५.८३ प्रतिशत, १६.१६ प्रतिशत र १६.३६ प्रतिशत हुनेछ ।
सहकारीको ऋण लगानी प्रवाह
हाल रहेको रु.३.३२ खर्ब लगानी आगामी ५ वर्षमा रु. ६.५३ खर्ब पुग्नुपर्ने देखिन्छ । यो प्रक्षेपण कुल गार्हस्थ्य उत्पादनको करिब ११.४५ प्रतिशत हुन आउँछ । यसैगरी उक्त लगानी आगामी १०, १५, २० र २५ वर्षसम्ममा क्रमशः रु. ११.४० खर्ब, रु. १९.४३ खर्ब,रु. ३२.६५ खर्ब र ५४.४४ खर्ब हुने प्रक्षेपित अनुमान छ ।
सहकारी र सहकारी सदस्य संख्या
हाल करिब ६६ लाखको संख्यामा रहेको सहकारी सदस्य रहेको भनिएतापनि दोहोरो सदस्यता व्यापकरुपमा रहेको र त्यसको एकिन तथ्याङ्क नरहेकोले सदस्यता बृद्धिको अनुमान यथार्थपरक नहुन सक्छ । दोहोरोपना छैन भन्ने मान्यता र गुणस्तरीय सदस्यता कायम गर्ने दृष्टिकोण लिँदै सदस्यता बृद्धिको अनुमान गरिएको छ । यस अनुरुप आगामि ५ वर्षमा ७० लाख पुग्ने देखिन्छ भने आगामी २५ वर्षमा १ करोड ४० लाख पुग्ने अनुमान छ । यस अनुरुप आगामि २५ वर्षमा मुलुकको ९० प्रतिशत घरधुरी कुनैनकुनै प्रकृतिको सहकारीमा आवद्ध हुनेछन् । यसैगरी आगामी २० वर्षमा प्रति सहकारी सदस्य संख्या १७५ बाट बढेर ९३३ पुग्ने अनुमान गरिएको छ । यो अनुमान सहकारीको संख्या १५,००० मा झार्ने प्रक्षेपण अनुसार गरिएको छ ।
अवलम्बन गर्ने रणनीतिक स्तम्भ
- उद्यमशीलता विकास र रोजगारी
- अन्तर सहकारी, सहकारी तथा गैर सरकारी संस्था, निजी क्षेत्र र समुदायसँगको साझेदारी र संजाल
- सहकारी चेतना अभिवृद्धि तथा लाभदायी साझेदारी विकास गर्ने
- असल सहकारी अभ्यास, सुशासन र नियमन
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ११.६६ प्रतिशतको ऐतिहासिक फड्को
२७ श्रावण २०८३, बुधबार
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार