सिवाईसी साकाेसद्वारा ई–टेलर सेवा सुरु, अब पैसा झिक्न चेक नचाहिने
बागलुङ, २१ असाेज सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले ११औं समृद्धि दिवसको अवसर पारेर उक्त सेवा सुरु गरेको हो ।
ई–टेलरमार्फत अब सदस्यले चेक प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग इन गरेर काउन्टरमा भएको क्यूआरकोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् ।
मोबाइल एपबाट दैनिक एक लाख र एक महिनामा १० लाखसम्म भुक्तानी पाउने नीति सहकारीले बनाएको छ । सेवा शुभारम्भ गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सहकारीले ल्याएको कार्यक्रम प्रभावकारी भएकाले यसलाई दिगो बनाउन जरुरी भएको बताउनुभयाे ।
त्यस्तै बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सीवाईसीले गरेको कार्य प्रशंसनीय रहेको भन्दै सहकारीलाई उत्पादनसँग जोड्न सके समृद्धि ल्याउन मद्दत पुग्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठले सहकारीले ल्याएका कार्यक्रम प्रभावकारी भएकाले यसलाई अझै सदस्यमैत्री र पारदर्शी बनाएर जानुपर्ने बताउनुभयो ।
सहकारीले यसअघि रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ, एटीएम, क्युआरकोड, मिस्डकल बैंकिङ सेवा, ट्यालेट बैंकिङ, सुत्केरी पोषण सुविधा, ज्येष्ठ नागरिक पेन्सन सुविधा, एकल महिला पेन्सन सुविधा, चौरासी पूजा सुविधा, नयाँ बुहारी स्वागत कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, औषधी–उपचार सुविधा, दुर्घटना राहत सुविधा, प्राकृतिक प्रकोप राहत सुविधा, बिमा सुविधालगायत योजना ल्याएको छ ।
११ हजार ७ सय २४ सेयर सदस्य, २१ करोड ९८ लाख १८ हजार सेयर पुँजी, १ अर्ब २७ करोड ८० लाख बचत रहेको संस्थाले ९१ करोड ८ लाख ३ हजार ८ सय ६१ रुपैयाँ लगानी गरेको छ ।
दायित्वरहित कोष ६ करोड ७२ लाख ४९ हजार ४ सय ६१ रुपैयाँ रहेको सहकारीको कुल सम्पत्ति १ अर्ब ७१ करोड ४१ लाख ५४ हजार ४६ रुपैयाँ छ । सहकारीको मुख्य कार्यालयसहित जिल्लाका ११ स्थानका सेवा केन्द्रमा ६६ जना जनशक्ति कार्यरत रहेको सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी दिनुभयाे ।
कार्यक्रम संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता, सचिव सुवास आचार्यको स्वागत र सचिव जयराम भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
समृद्धि दिवसका अवसरमा सहकारीले बुधबारै सहकारीका सदस्यहरूलाई लक्षित गरी ‘सदस्य शिक्षा कार्यक्रम’ समेत सम्पन्न गरेको छ । बिहीबार बागलुङ नगरपालिका–४ रमेटारमा डस्टविन वितरण, पूर्वसञ्चालक भेटघाट तथा अन्तरक्रिया, असल सदस्य परिचयपत्र वितरण, गाउँ टोल अभिमुखीकरण, सबै जुटौं–कोही नछुटौं, घरदैलो कार्यक्रम हुने सहकारीका अध्यक्ष पौडेलले जानकारी दिनुभयाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ११.६६ प्रतिशतको ऐतिहासिक फड्को
२७ श्रावण २०८३, बुधबार
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार