सदस्यहरुलाई उत्पादनसँग जोड्दै नव बिहानी कृषि सहकारी
काठमाडौं, २० असोज
नव बिहानी कृषि सहकारी संस्थाले आफ्ना हरेक सदस्यहरुलाई उत्पादनसँग जोडने निर्णय गरेको छ । कृषि क्षेत्रमा राम्रो सम्भावना भएको निष्कर्ष निकाल्दै कृषि सहकारीले हरेक सदस्यलाई आत्मनिर्भर बनाउन उत्पादनसँग जोडने नीति लिएको हो ।
चौथो साधारण सभामा नव बिहानी कृषि सहकारी संस्थाका अध्यक्ष विनय सिम्खडाले कृषि क्षेत्रको विकासको लागि सहकारी सञ्चालन गरेको बताउनुहुँदै आफ्ना हरेक सदस्यहरुलाई उत्पादनसँग जोडेर लैजाने बताउनुभयो । बोलेर भन्दा पनि काम गरेर देखाउने बेला आएको र कृषि क्षेत्रको विकासमा नमूना काम गरेर देखाउने उहाँले बताउनुभयो ।
संस्थाका हरेक सदस्इहरुलाई उत्पादनसँग जोडनको लागि कृषि उपजहरुलाई उद्योगको रुपमा विकास गर्दै राइस मिल, तेल पेल्ने कोल, आटा मैदा एवं जडिबुटी उत्पादन प्रशोधन उद्योग स्थापना गरेर अगाडि बढने लक्ष्य लिएको अध्यक्ष सिम्खडाले बताउनुभयो ।
हरियो तरकारी तथा फलफुलको लागि शित भण्डार, उत्पादन ब्रान्ड ट्रेड मार्कको लोगो सहितको उत्पादित खाद्य वस्तु ग्रेडिङ गरी स्वेदशमा मात्र नभई विदेशमा समेत निर्यात गर्ने नीति सहकारीले लिएको छ ।
सहकारीका सदस्यहरुले उत्पादन गरेको तरकारी फलफुल दही दुध धिउ, अण्डा माछा मासु लगायतका कृषि तथा पशुजन्य पदार्थको संकलनको लागि कलेक्सन सेन्टरको रुपमा विकास गर्ने र कृषि सहकारीले एग्रो मार्ट सञ्चालन गर्ने अध्यक्ष सिम्खडाले बताउनुभयो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले कृषि सहकारीको विकासको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस आर्थिक बर्षमा नगरपालिकाले कृषि सहकारीलाई साढे दुई करोड बजेट छुटाइयाएको बताउदै कृषि क्षेत्रको विकासको लागि बजेट खर्च गरिने बताउनुभयो । नगरप्रमुख चालिसेले भन्नुभयो,‘कृषि क्षेत्रको विकास नगरपालिकाको प्राथमिकता हो ।’
सहकारीमा हाल १ सय २ जना सदस्य रहेका छन् । सहकारीले आफ्ना सदस्यहरुको हितलाई केन्द्रमा राखेर यस बर्षबाटै एउटा एम्बुलेन्स समेत सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार