कोरोना संक्रमणबाट विन्धवासिनी साकोसका अध्यक्ष पराजुलीको निधन
काठमाडौं, १६ असोज
सुनसरी जिल्लाको इटहरीस्थित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिव पराजुलीको कोरोना संक्रमणबाट निधन भएको छ ।
६० बर्षिय पराजुली सहकारीकर्मीसँगै होटल व्यवसायी समेत हुनुहुन्थ्यो । विगत ९ बर्षदेखि विन्धबासिनी साकोसको सञ्चालक रहँदै आउनुभएका पराजुलीले गत २ बर्षदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
उहाँले मोरङस्थित विराट मेडिकलमा पीसीआर परीक्षण गराउनुभएको थियो । ज्वरो अध्याधिक बढेसँगै सुनसरीको धरान नगरपालिकास्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयू कक्षमा असोज १३ गते बाटै उपचाररत हुनुहुन्थ्यो । १४ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएकै दिन राती उहाँको निधन भएको हो ।
उहाँको निधनले विन्धवासिनी साकोसको सेवा तीन दिन बन्द गरिएको संस्थाका व्यवस्थापक प्रकाश आचार्यले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार