श्री लालीगुराँस सहकारी २२ वर्षमा, एटिएम सेवा र दुधजन्य पदार्थ बिक्रि सुरु
ललितपुर, १५ असोज
पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले एटिएम सेवा सुरु गरेको छ । पुल्चोक स्थित मुख्य कार्यालयबाट एटिएम सेवाको सुरुवात गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले निकट भविष्यमा अन्य सुविधा काउण्टरहरुमा समेत एटिएम बुथ स्थापना गरी सेवा दिने बताउनुभएको छ ।
प्रमुख कार्यकारी अधिकृत भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गर्नुहुँदै संस्थाले असोज १५ गतेबाट श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योग स्थापना गरी दुधजन्य पदार्थ बिक्रि गर्न शुरु गरेको जानकारी दिनुभयो। संस्थाले गोदावरीमा दुग्ध प्रशोधन उद्योग स्थापना गरी ब्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, ध्युको बिक्रि वितरण सुरु गरेको छ ।
चितवनको खैरहनीमा नेपाल कै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल रहेको बताउनुभयो । संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने भण्डारीले बताउनुभयो । ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ ।
संस्थामा हाल २१ हजार शेयर सदस्य छन् । साथै ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको छ । २०५६ साल भदौ १८ गते दर्ता भई मिति २०५६ साल आश्विन १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री लालीगुराँस राष्ट्रिय विद्यालय, कलेज तथा अन्य विद्यालय र कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्र तर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय विद्यालय, कलेज, चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ । संस्थाले आफ्नो सेवालाई स्तरीय, सरलीकृत तथा प्रभावकारी बनाउन आफ्ना कर्मचारीलाई अभिमुखिकरण र अन्य तालिम प्रदान गर्दै आई रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार