शिव शिखर सहकारीद्वारा कमलविनायकमा मार्ट सञ्चालन, उपत्यकामा ५० वटा मार्ट खोल्ने तयारी
काठमाडौं, १२ असोज
सम्पदाको शहर भक्तपुर कमलविनायकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले ‘गार्डेन मार्ट’ सञ्चालनमा ल्याएको छ । सोमबारबाट औपचारिक रुपमा ‘गार्डेन मार्ट’ सञ्चालनमा आएको हो । संस्थाले सञ्चालन गरेको यो दास्रो मार्ट हो । यसअघि संस्थाले डडेलधुराको बागबजारमा मार्ट सञ्चालन गरिसकेको छ ।
ललितपुरको ठैब, महाराजगञ्ज, किर्तिपुर, तुलसीपुर लगायतको ठाउँमा मार्ट सञ्चालनको अन्तिम तयारीमा रहेको संस्थाले जनाएको छ । संस्थाले निकट भविष्य मै ७७ जिल्लामै मार्ट विस्तार गर्ने संस्थाका मुख्य प्रबन्धक लिलानाथ गौमतले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा मात्रै ५० वटा मार्ट सञ्चालन गर्ने तयारी रहेको गौतमले जानकारी दिनुभयो ।
मार्टबाट सदस्य तथा स्थानीयले सुपथ मुल्यमा दैनिक उपभोग्य सामग्री सुपथ मुल्यमा पाउने उहाँले जानकारी दिनुभयो ।
केही समयअघि भक्तपुरको सल्लाघारी मुख्य कार्यालय रहेको शिव शिखर कृषि सहकारी संस्था र कौशलटारमा मुख्य कार्यालय रहेको शिखर दीप बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण सम्पन्न गरेको थियो । दुई संस्था एकीकरण भई शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट कारोबार गर्न सहकारी विभागले साउन ४ गते एकीकरण प्रमाणपत्र प्रदान गरेको थियो । संस्थाको कार्यक्षेत्र काठमाडौं उपत्यकाको ३ जिल्ला सहित ३५ जिल्ला रहेको छ ।
चर्को मुल्यमा कमसल सामान खरिद गर्न बाध्य उपभोक्ताहरुका लागि सहकारीमार्फत सञ्चालन गरिएको मार्ट खुसीको कोसेली बन्ने गौतमले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार