सहकारीको शक्ति आपूर्ति तथा बजारीकरण : राष्ट्रपति सि जिनपिङ
काठमाडौं : चीनका राष्ट्रपति सि जिनपिङले आपूर्ति तथा बजारीकरण सहकारी कार्य सम्बन्धी महत्वपूर्ण आदेश दिनुभएको छ । राष्ट्रपति सि जिनपिङले आपूर्ति तथा बजारीकरण सहकारी नै चीनको कृषि तथा ग्रामीण विकासलाई अघि बढाउने महत्वपूर्ण शक्ति रहेको औँल्याउनु भएको छ ।
अखिल चीन आपूर्ति तथा बजारीकरण सहकारीको सातौँ प्रतिनिधि सम्मेलनमा उहाँले यस्तो आदेश दिनुभएको हो ।
बितेका वर्षहरूमा आपूर्ति तथा बजारीकरण सहकारी सम्बन्धी गहन र मिलिजुली सुधार भइरहेकोले आधुनिक कृषिको निर्माण, किसानहरू आम्दानीको बढावा र धनी बन्ने कार्य एवं शहरी ग्रामीण क्षेत्र बीचको मिलन तथा विकासको लागि प्रशस्त काम गरेको पनि उहाँले औँल्याउनुभएको हो ।
‘आपूर्ति तथा बजारीकरण सहकारीले किसान तथा ग्रामीण क्षेत्र एवं कृषिको सेवा गर्दै कृषिको सामाजिकक सेवा, ग्रामीण क्षेत्रमा आधुनिक परिसंचरण, किसानहरूको पेशागत सहयोगलाई अघि बढाउनुका साथै महत्वपूर्ण कृषि सामग्री तथा उत्पादित वस्तुको आपूर्ति सेवाको अनुकूलन गरेर किसानहरूको आम्दानीलाई बढाउनुपर्छ’, उहाँले अगाडी भन्नुभयो, ‘ग्रामीण क्षेत्रको पुनरूत्थान तथा कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरणका लागि नयाँ योगदान गर्ने छ ।’
अखिल चीन आपूर्ति तथा बजारीकरण सहकारीको सातौँ प्रतिनिधि सम्मेलन सेप्टेम्बर २४ तारिख पैचिङमा आयोजना गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार