९ प्रतिशत ब्याजदर मै कर्जा प्रवाह गर्दै जनउत्थान
रुपन्देही, ११ असोज
जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले व्यवसायिक कृषि कर्जा ९ प्रतिशत ब्याजदर मै प्रवाह गर्ने भएको छ ।
सदस्यहरुलाई व्यवसायिक कृषिमा आर्कषित गराउन संस्थाले सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको हो । संस्थाको यो निर्णयले कृषिमा आत्मनिर्भर बनाउन मद्दत पुग्नेछ ।
जनउत्थान समुदायमा आधारित एक उत्कृष्ठ संस्था हो । २०५९ साल कात्तिक १५ गते ३१ जनाबाट प्रति व्यक्ति १ सय रुपैयाँ उठाएर यस संस्था स्थापना भएको थियो ।
दरिलो संस्थागत पुँजी निर्माण गर्न सफल संस्थाले अरब भन्दा माथिको कारोबार, ऋण लगानी, कानूनको परिधिभित्र रहेर सबैभन्दा बढी सेयर लाभांश प्रदान गर्न सफल भएको छ ।
नेपाल सरकारबाट २०७४ सालमा उत्कृष्ट सहकारी सम्मानित संस्था जिल्लाको उत्कृष्ट संस्था, एशियाली ऋण महासंघ–अकूद्धारा प्रदान गरिने बचत तथा ऋण सहकारीहरुको एसिया स्तरीय गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेसको ब्रोन्ज ब्राण्ड, राष्ट्रिय स्तरको गुणस्तर सुनश्चितता कार्यक्रम प्रोबेशन ब्राण्ड, साकोस उत्कृष्ट व्यवस्थापक पुरस्कार, २०७३/७४ मा सबैभन्दा बढी कर तिर्ने संस्था आदि थुप्रै सम्मान र पुरस्कार आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
त्यस्तै राष्ट्रिय सहकारी महासंघले यस वर्ष प्रदेश ५ को उत्कृष्ठ संस्थाको रुपमा पुरस्कृत गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार