बिन्धवासिनी साकोसका सदस्यले ५.५ प्रतिशत ब्याजदर मै कर्जा पाउने, ६ लाख ५० हजारसम्म कर्जा दिईने
काभ्रे, ११ असोज
अब बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका सदस्यले ५.५ प्रतिशत मै कृषि कर्जा पाउने भएका छन् । संस्थाका कर्जा लिन योग्यता पुगेका सबै सदस्यले यस्तो ५.५ प्रतिशत मै कृषि ऋण पाउने छन् ।
कर्जाको ब्याजदर भने ११.५ प्रतिशत पर्न आउँछ तर ऋणी सदस्यले भने ५.५ प्रतिशत मात्रै तिरे पुग्छ । जसअनुसार रोशी गाउँपालिकाले ५ र संस्थाले १ प्रतिशत ब्याज अनुदान दिन लागेको हो ।
संस्थाले रोशी गाउँपालिकासँग गत साता ब्याज अनुदान सम्झौता भएको थियो । सोही अनुसार संस्थाले सुचना जारी गरी सदस्यहरुलाई आव्हान गरेको छ । संस्थाले जारी गरेको सूचना अनुसार सम्बन्धीत वडा कार्यालय र भकुण्डे सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
व्याज अनुदान कार्यक्रमबाट गाउँपालिका भित्रका कम्तिमा ६० जना युवा उद्यमीहरु लाभान्वीत हुनेछन् ।
उद्यम गर्न चाहने यूवाहरुले सहकारी मार्फत सहुलियतपुर्ण व्याजमा प्रति घरधुरी ६ लाख ५० हजारसम्म ऋण प्राप्त गर्न सक्नेछ । यो कार्यक्रम स्थानीय स्तरमा रोजगारी सृजना गर्न र कृषि तथा उद्यम विकासको क्षेत्रमा यूवाहरुलाई आकर्षण गर्न ल्याएको नमुना परीक्षण कार्यक्रम भएकोले यसको परीक्षणको आधारमा आगामी दिनमा थप विस्तार गर्न सकिने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार