सहकारीका सदस्यले लगाए कार्यालयमा ताला, कर्मचारीले किर्ते ऋणी बनाई रकम अपचलन
धादिङ :
संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था गोगनपानीका सदस्यहरुले कार्यालयमा तालाबन्दी गरेका छन् ।
सहकारीका केही सदस्यहरुले संस्थामा लामो समयदेखि कर्मचारीहरुले किर्तेरुपमा किसानहरुको नामबाट ऋण प्रवाह गरी अपचलन गरेको भन्दै छानविनको माग राखी कार्यालयको मुल गेटमा ताला लगाएका हुन् । सहकारीका कर्मचारीहरुले आफुखुसी ६७ लाख ५० हजार रुपैयाँँ सदस्यहरुको नामबाट ऋण निकाली आफैले प्रयोग गरेको छानविन समितिले किटान गरेको थियो ।
छानविन समिति दिएको प्रतिवेदनपछि कर्मचारीहरुले आंफुहरुबाट गल्ती भएको भन्दै ऋण लगानीका नाममा लिईएको रकम संस्थामा फिर्ता गरेका थिए । आरोप लागेका कर्मचारीले पदबाट राजिनामा दिएका छन् । उनिहरुको राजिनामा पछि पाउने सेवा सुविधाका बिषयमा शेयर सदस्यहरुले आपत्ति जनाउँदै विरोध जनाएका छन् ।
छानविनमा देखिएको रकम संस्थाले असुलउपर गरेतापनि थप छानविन गर्नुपर्ने र निजहरुको सेवा अवधिमा विभिन्न गलत तरिकाबाट प्रोत्साहन भत्ता स्वरुप दिनुपर्ने देखिएको रकम भुक्तानी दिने भन्ने सञ्चालक समितिको निर्णय भएको भन्दै संस्थामा तालाबन्दि गरेका छन् ।
तालाबन्दि भएको अवस्थामा सहकारीबाट हुने सेवा प्रवाह प्रभावित बनेको छ । संस्थामा तालाबन्दि भएको विषयमा सञ्चालक समितिको तर्फबाट आज एक प्रेस विज्ञप्ति जारी गरी वास्तविक विषयमा जानकारी गराएकाे छ । संस्थाले विगत समितिहरु हुँदाबखत देखीनै कर्मचारीहरुले आफुखुसी गलत तरिकाबाट ऋण प्रवाह भएको र वर्तमान अवस्थामा विभिन्न शेयर सदस्यहरुको समेत गुनासो प्राप्त भएको आधारमा छानविन समिति बनाई छानविन गर्दा उक्त रकम फर्जी देखिएको अवस्थामा कर्मचारीहरुले राजीनामा दिएको अवस्था र निजउपर छानविनमा देखिएको रकम असुल उपर गरिसकिएको र वाँकी छानविन प्रकृयाको लागी निजहरुको सम्पत्ती समेत दृष्टि वन्धकी गरी छानविन प्रकृया अगाडी बढेको जानकारी गराएको छ ।
सञ्चालक समितिले निजहरुबाट फर्जिदेखिएको रकम असुलउपर गरिएको र निजहरुले पाउने गत बर्षको लेखापरिक्षण प्रतिवेदनमा समेत देखिएको सेवाअवधि पछि पाउने सञ्चयकोष लगाएतको रकम दिने निर्णय भएता पनि छानविन प्रकृया अन्त्य नभएको संस्थाका अध्यक्ष बद्रि रुपाखेतीले विज्ञप्ति मार्फत जनाउनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार