२६ असोज २०८३, सोमबार

ब्याजदर १४.७५ प्रतिशत कार्यान्वयन गर्नुको विकल्प छैन : कंडेल

२०७७ असोज ७, बुधबार
ब्याजदर १४.७५ प्रतिशत कार्यान्वयन गर्नुको विकल्प छैन : कंडेल

काठमाडौं, ७ असोज

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले ‘क’ वर्षका वाणिज्य बैंकको औषत ब्याजदरलाई मात्रै आधार मानेर ब्याजदर निर्धारण गर्नु ठिक नभएको धारण राख्नुभएको छ ।

सहकारीको ब्याजदर निर्धारण गर्दा ‘ख’, ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको ब्याजदरलाई पनि आधार बनाई हेरिनु पर्नेमा जोड दिनुभएको छ । नेपाल सहकारी पत्रकार समाजले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा
सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत कायम गर्नु भन्दा पनि बेसरेट २ प्रतिशत राखेर तल वा माथि जान सकिने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

‘बेसरेट १३ मानेर २ प्रतिशत तलमाथि जान सक्ने बनाउनु आवश्यक छ’ उहाँले भन्नुभयो, ‘त्यो प्रभावकारी हुनछ । कोही सहकारीको १३ भन्दा कम पनि ब्याजदर छ । नियमावली संसोधनको क्रममा यो कुुरा आउन आवश्यक रहेको छ ।’

अधिकांश सहकारीमा १६ प्रतिशत ब्याज कायम गरेका छन् । तर, केहीमा समस्या हुनसक्ने उहाँको तर्क छ ।

अहिले ३ देखि ४ प्रतिशत सेवा शुल्क लिने र ५ महिनामा नै नविकरण गर्ने गरेको गुनासो आएको र त्यसेले समस्या भएको भन्दै त्यस्ता सहकारी संस्थाहरुलाई नियमन सुपरिवेक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

विभागले अनुगमन नियमनका साथै सहजीकरणमा ध्यान दिनुपर्ने, कर्जा सूचना केन्द्रमा पनि राज्यको ध्यान जान आवश्यक रहेको उहाँको भनाई थियो । सबै सहकारी संस्थाले १४.७५ प्रतिशत कात्तिक १५ गतेबाट कार्यान्वयन गरेर जानुको विकल्प नभएको उहाँको तर्क छ ।

सेवाशुल्क छिटफुट सहकारीले बढी लिने गरेको भन्दै यसलाई मिलेर सच्याउनुको विकल्प नभएको अध्यक्ष कँडेलको भनाई थियो ।

अभिलेख

लोकप्रिय