३० असार २०८३, मङ्गलबार

ब्याजदर कार्यान्वयन नगर्ने सहकारीको नाम दिनुस् हामी कारबाही गर्छौं : रजिष्ट्रार पाण्डे

२०७७ असोज ७, बुधबार
ब्याजदर कार्यान्वयन नगर्ने सहकारीको नाम दिनुस् हामी कारबाही गर्छौं : रजिष्ट्रार पाण्डे

काठमाडौं, ७ असोज

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नगर्ने जुनसुकै सहकारी संस्थालाई पनि कारबाही गरिने बताउनु भएको छ । रजिष्ट्रार पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको पुष्टि गर्न चुनौती समेत दिएका छन् । कार्यान्वयन नभएको ओठे जवाफ नभई संस्थाको नाम नै भनिदिन आग्रह गर्नुभयो ।

बुधबार सन्दर्भ ब्याजदकार विषयमा छलफल गर्न सहकारी पत्रकार समाजले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

गत वर्ष सहकारी संस्थाहरुले अधिकतम् १६ प्रतिशतमात्रै कर्जामा ब्याजदर लिन पाउने गरी सन्दर्भ ब्याजदर तोकेको थियो । आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी विभागले १४।७५ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको थियो ।

‘म तपाईहरुलाई ठोकुवाका साथ भन्छु, कुनै सहकारीले सन्भर्द ब्याजदर कार्यान्वयन नगरेको भए नाम भन्नुस्’ उनले भने, ‘हामी कारबाही गर्छौ, त्यत्तिकै कार्यान्वयन भएन भन्न मिलेन ।’

पाण्डेले अब विभागले सहकारी संस्थाहरुको अनमुगनलाई पनि तीव्रता दिने बताउनुभयो । चाँडै अनुगमन टोली गठन गरेर फिल्डमा नै पठाएर अनुगमन गरिने बताउनुभयो । तोकिएभन्दा बढी ब्याज लिने कुनै पनि सहकारीलाई कारबाही गर्नेमा शंका नगर्न रजिष्ट्रारको आग्रह गर्नुभयो ।

अभिलेख

लोकप्रिय