सहकारी पार्टी विवेकशील नेपाली दलमा मिसियो
काठमाडौं : सहकारी पार्टी नेपाल विवेकशील नेपाली दलसँग मिसिएको छ । दुई पार्टीले आइतबार सम्मिलन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेकाअनुसार एकीकरणसँगै बनेको विवेकशील नेपाली दलले पार्टीलाई सुसंस्कृत राजनीतिको केन्द्र बनाउने उद्घोष गर्नुभयो ।
विवेकशील नेपाली दल २०६९ देखि नेपालमा वैकल्पिक सुसंस्कृत राजनीति गर्दै सक्रिय छ भने सहकारी पार्टी नेपाल सहकारी आन्दोलनलाई संस्थागत गर्ने र उत्पादनमा केन्द्रित गर्ने नीति तय गर्दै राजनीतिमा सहकारी संस्कृति स्थापित गर्ने उद्देश्य लिएर २०७० सालदेखि देखि सक्रिय थियो ।
सम्मिलन सम्झौतापत्र अनुसार एकीकृत दलको नाम “विवेकशील नेपाली दल” नै रहने र विधान र राजनीतिक दस्ताबेज पनि विवेकशील नेपाली दलकै कायम रहने छ ।
सहकारी पार्टी नेपालका अध्यक्ष हिरामणि पौडेलले सहकार्य तथा मेलमिलापको नीति अनुरूप विवेकशील नेपाली दलको नेतृत्वमा वैकल्पिक केन्द्र निर्माण गर्न हामीले यो ऐतिहासिक कदम चालेको बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार