दूग्ध सहकारीको ६० प्रतिशत बजार गुम्यो, २० अर्बको नोक्सान
काठमाडौं : कोरोना शुरु भएदेखि हालसम्म दूग्ध व्यवसायीलाई मात्र २० अर्ब रूपैयाँ घाटा लागेको बताएका छन्।
एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले शनिवार आयोजना गरेको ‘कोभिड–१९ कारण दूग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा व्यवसायीले २० अर्ब रूपैयाँ घाटा लागेका बताएका हुन् ।
कोभिड–१९ को महामारीका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताउनुभयो ।
‘कोरोना महामारीले घरायसी प्रयोजनमा मात्र थोरै दूध बिक्री भएको छ। बढी खपत हुने होटल, रेष्टुरेन्टलगायतका क्षेत्र बन्द भएकाले करिब ६० प्रतिशत बजार गुमेको छ,’ उहाँले भन्नुभयो ।
उनकाअनुसार देशभरि सहकारीमा ६ लाख लिटर दुध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको छ।
नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण अर्बौको नोक्सान भएपनि डेरी उद्योगले सेवा दिइरहेको बताउनुभयो। दैनिक ६२ लाख दूध उत्पादन हुन्छ तर ३१ लाख दूध मात्र बजारमा जान्छ। बाँकी किसान आफै उपभोग गर्ने गरेको उल्लेख गर्दै महासचिव दाहालले कृषिका हरेक क्षेत्रलाई समेटेको डेरी क्षेत्रलाई सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो ।
दूध विकास संस्थानका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले दूध क्षेत्रमा उत्पादनको समस्या छैन तर बिक्री वितरणमा समस्या भएको कारणले डीडीसी घाटामा गइरहेको बताउनुभयो।
दैनिक दुध संकलनमा ३० देखि ४० रुपियाँ घाटा भइरहेको बताउँदै उनले उत्पादन भएपनि बिक्री नभएको कारण भण्डारण तथा व्यवस्थापनमा समस्या भएको उनले जानकारी दिए।
‘घ्यु, बटर, चिज उत्पादन गरेर भण्डार भइरहेको छ तर त्यसलाई कसरी बेच्ने भन्ने समस्या छ,’ उहाँले भने।
कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र होइन, किसानलाई पनि निकै समस्या भएको वाग्मती प्रदेशका भूमी, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दूध क्षेत्रको उद्योगीदेखि लिएर किसानसम्मको समस्या समाधान हुनुपर्ने जोड दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विश्व ऋण परिषद्को ‘डिजिटल ग्रोथ अवार्ड’ जित्दै चन्द्रागिरि साकोसले रच्यो इतिहास
५ श्रावण २०८३, मंगलवार
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार