सिजेएनको १० औं स्थापना दिवस मनाईयो, सबल अर्थतन्त्र निर्माणमा सहकारी महत्वपूर्ण साझेदारः सचिव पाण्डे
काठमाडौं । नेपाल सहकारी पत्रकार समाजको १० औं स्थापना दिवस भर्चुअल माध्यमबाट माध्यमबाट मनाइएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संविधानले परिकल्पना गरे अनुसार आर्थिक, सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सहकारीले सदस्यको आर्थिक, सामाजिक रुपान्तरणमा सघाउ पु¥याउनुपर्ने उहाँले बताउनुभयो । सबल अर्थतन्त्र निर्माणका लागि सहकारीलाई महत्वपूर्ण साझेदारको रुपमा स्थापित गर्न मन्त्रालय क्रियाशील रहेको उहाँको भनाई थियो ।
सहरमा रहेका सहकारीको मात्रै कुरा सुन्ने र त्यसको अनुभवको आधारमा नकारात्मक वा सकारात्मक प्रचार प्रसार भयो की भन्ने गुनासो आउने गरेको उहाँको भनाइ छ । सचिव पाण्डेले आगामी दिनमा सहकारी पत्रकार समाजसँगको सहकार्यलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारीले देशमा गरिबी न्यूनिकरण, सामाजिक रुपान्तरणमा महत्वपूर्ण काम गरेको दाबी गर्नुभयो । सहकारीले विकशीत देश निर्माण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो ।
राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई प्रविधितर्फ जानको लागि आवश्यक गृहकार्य गरीरहेको बताउनुभयो । उहाँले सहकारी २१ औं शताब्दी अनुसार चल्नको लागि प्रविधिमा जान अत्यावश्यक भइसकेको भनाई थियो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई सुसाशनमा ल्याउने काममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
समाजका संस्थापक अध्यक्ष यादव हुमागाईले आगामी दिनमा समाजले सञ्चारकर्मीको भूमिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले उपत्यका भित्रका सहकारीको समाचार मात्रै छापामा आउने भन्दै उपत्यका बाहिर रहेका सबैलाई समेटेर लैजान आवश्यक रहेको बताउनुभयो ।
नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षमा भएको कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिना, सिजेएनका निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव तुलसी सुवेदीले गरेका थिए भने उपाध्यक्ष काजी श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाल सहकारी पत्रकार समाज, २०६८ साल भदौ १९ गते स्थापना भएको गैर नाफामुखी स्वशाशित गैर सरकारी संस्था हो । यस समाजले विभिन्न सञ्चार माध्यममा सहकारीलाई बिट बनाएर काम गरिरहेका कृयाशील पत्रकारहरुलाई संगठित गरी सहकारी पत्रकारिताको विकास गर्दै सदस्य पत्रकारहरुको वृति विकास क्षमता अविभृद्वि गर्दै सहकारीको विकासका लागि गतिशील रहेको छ । हालसम्म विभिन्न सञ्चार माध्यममा क्रियाशील ७४ जना पत्रकार यस संस्थासंग आवद्ध भईसकेका छन् । बार्षिकरुपमा संस्थाले संस्थापक सम्मान तथा सिजेएन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । संस्थाले सहकारीका सरोकारवाला निकायहरु संग सहकार्य गरी सञ्चारकर्मीको क्षमता अभिबृद्धि गर्ने, सहकारीका विविध विषयमा सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रियाका सार्थै साक्षात्कार कार्यक्रम गर्दै आएको छ । त्यस्तै पत्रकारहरुको लेखनवृति विकास तालिम, अध्यान अवलोकन भ्रमण, समसामयिक विषयमा सरोकारवालाहरुसंग बहस पैरवी गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार