५ साउन २०८३, मङ्गलबार

शिखर साकोसद्वारा सदस्यलाई निःशुल्क कुरिलोको बिरुवा तथा रायोको बिउ वितरण

२०७७ भदौ १७, बुधबार
शिखर साकोसद्वारा सदस्यलाई निःशुल्क कुरिलोको बिरुवा तथा रायोको बिउ वितरण

झापा : बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको शिखर बचत तथा कीर्ण सहकारी संस्थाले आफ्ना सदस्यलाई निःशुल्क कुरिलोको बिरुवा तथा रायो सागको बिउ वितरण गर्ने भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयमा घरमा सुरक्षित बस्नु आजको आवश्यकता भएको भन्दै संस्थाले आफ्ना सदस्यकालागि ‘बोट बिरुवा रोपौँ स्वास्थ्य रहौँ’भन्ने नारासहित आजबाट कुरिलोको बिरुवा र रायो सागको बिउँ वितरण गरेको हो ।

सदस्यहरूले घरमै बसी रहनु पर्ने अवस्थालाई मध्यनजर गदै बोट बिरुवा रोप्न प्रेरणा मिलोस् भनेर निःशुल्क कुरिलोको बिरुवा र रायो सागको बिउँ वितरण गर्न लागिएको संस्थाका अध्यक्ष दीपेन्द्र राउतले जानकारी दिनुभयो । सदस्यहरूले आफ्नो घरबारीमा नै अर्ग्यानिक उत्पादन गर्न सक्दा स्वास्थ्य रहन सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

कुरिलोको उन्नत जातको बिरुवा र मुस्ताङे रायोको बिउँ वितरण गरेर सदस्यहरूलाई बिरुवा रोप्न हौसला प्रदान गर्ने मूल उद्देश्यका साथ पहिलो पटक यो कार्यक्रम गर्न लागिएको अध्यक्ष राउतको भनाई छ । संस्थाले १२ सय कुरिलो तथा रायको बिउँ बिरुवा वितरण गर्ने जनाएको छ । संस्थाको केनन्द्रय कार्यालयबाट सदस्यले आवश्यक बिउँ तथा बिरुवा लान सक्ने पनि संस्थाले जनाएको छ ।

चैत्र ११ गतेबाट कोरोना कोभिड १९को प्रकोपले गर्दा सहकारी क्षेत्र पनि प्रभावित भएको भन्दै संस्थाले कोभिडको असरबाट सुरक्षित रहँदै आफ्ना सदस्यहरूलाई सेवा दिइरहेको जनाएको छ ।

२०६७ सालमा स्थापित यो संस्थाले विभिन्न क्षेत्रमा काम गरिसकेको छ । संस्थाले लकडाउनको अवधिमा झापाका स्थानीय तहले विपन्न समुदायका नागरिकलाई राहत दिन खडा गरेको कोषमा ३ लाख दिइसकेको छ । साथै कोरोना भाइरस संक्रमण परीक्षण गर्ने पीसीआर ल्याब स्थापनाकालागि एकका लागि एक अभियानलाई ५१ हजार, अर्जुनधारा नगरपालिकाको क्वारेन्टाईनमा रहेका २ सय बढी व्यक्तिहरूलाई नयाँ लता कपडा र अर्जुनधारा नगर क्षेत्रका २ सय विपन्न परिवारलाई खाद्यान्न समेत वितरण गरेको जनाएको छ ।

साथै संस्थाको शेयर पुँजी ४ करोड ७९ लाख २८ हजार ७ सय, बचत मा ४६ करोड २२ लाख ३७ हजार ७ सय ३ रहेको छ ।

अभिलेख

लोकप्रिय