२७ असोज २०८३, मङ्गलबार

सहकारी मन्त्रालयद्वारा एक सय सहकारीलाई कम्पुटर वितरण

२०७७ भदौ १७, बुधबार
सहकारी मन्त्रालयद्वारा एक सय सहकारीलाई कम्पुटर वितरण

जनकपुरधाम : प्रदेश २ मा रहेका सहकारी संस्थालाई प्रविधिमा जोड्ने उद्देश्यका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकसय सहकारी संस्थालाई कम्प्यूटर सेट प्रदान गरेको छ ।

मन्त्रालयले प्रदेशका आठ वटै जिल्लाका १ सय सहकारी संस्थालाई ७० हजार बराबरको कम्प्यूटर सेट हस्तान्तरण गरेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारी संस्थाहरुलाई हिसाव किताब पारदर्शी राख्न र प्रविधि मैत्री बनाउने उद्देश्यले कम्प्यूटर वितरण गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गरिबी निवारण तथा कृषि एवं अन्य साना व्यवसाय प्रवद्र्धन गर्न र आर्थिक उर्पाजन बढाउनका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने हुँदा सहकारीलाई अझ सशक्त बनाउने उद्देश्यले कम्प्यूटर सहयोग गरिएको हो ।’ सहकारीको हिसाब किताब राख्न र सफ्टवेयरको तालिमसँगै सहकारीलाई दिगो बनाउनका निम्ति प्रदेश सरकार सदैव तत्पर रहने समेत उहाँले बताउनुभयो ।

मन्त्रालयले धनुषाका २६, महोत्तरीका १२, सिरहाका १२, सप्तरीका १२, बाराका १०, पर्साका ६, रौतहटका १० र सर्लाहीका १२ वटा गरि जम्मा १ सय सहकारी संस्थालाई प्रक्रिया र मापदण्ड पुर्याएर कम्प्यूटर वितरण गरेको मन्त्री साहले जानकारी दिनुभयो।

अभिलेख

लोकप्रिय