‘सहकारीका कर्मचारीलाई प्रहरीले दुःख दियो’
काठमाडौं : उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौं ३ गतेदेखि गरेको निषेधाज्ञामा सहकारी संस्था नखुलाउन निर्देशन दिएको छ । तर, सदस्यको माग अनुसारको सेवा सहकारी संस्थाले प्रवाह गरिरहेका छन् । सम्पर्क व्यक्तिमार्फत सेवा प्रवाह गर्न पनि सहकारीलाई कठिनाई भएको छ ।
सदस्यलाई अस्पतालमा पैसा पुर्याउन जाँदा पनि कर्मचारीले प्रहरीको दुव्र्यवहार भोग्नु परेको छ । अस्पतालमा सहकारीका सदस्यलाई पैसा पुर्याउन जाँदा ४ घण्टा सडकमै प्रहरीले रोकिदिएको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका उप महाप्रवन्धक गोपीनाथ घिमिरेले बताउनुभयो ।
लकडाउन सुरु भएको समयदेखि नै घरदैलो सेवालाई संस्थाले निरन्त जारी राखेको छ । ‘सदस्यले फोन गरेर बचत फिर्ता माग्नु हुन्छ । पैसा पुर्याउन जाँदा प्रहरीले रोकिदिन्छ’, उहाँले भन्नुभयो, ‘यस्ता समस्या हाम्रा कर्मचारीले दिनहुँ भोग्नु परेको छ ।’
नियामक निकाय र सहकारी अभियानबाट यस्ता विषयमा उचित पहल हुन नसम्दा यस्ता समस्या भोग्नु परेको उहाँको भनाई छ ।
‘सदस्यहरु संस्थामा आउन जान समस्या हुने कारणले घरमै पैसा माग्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘सेवा दिनुपर्ने बाध्या एकातिर हुन्छ र हाम्रो समस्या अर्कोतिर ।’ यस्ता विषयमा सहकारी अभियानबाट तत्काल आवश्यक पहल गरिदिन घिमिरेले आग्रह गर्नुभयो ।
हालको अवस्थामा पनि संस्थाले दैनिक करिब ४० जना सदस्यलाई सेवा प्रवाह गरिरहेको घिमिरेको भनाई छ । यस्तो अवस्थामा पनि आफ्नो सेवालाई निरन्तरता दिन नसकेका सहकारीप्रती आम मानिसमा वितिष्णा हुने उहाँको भनाई छ ।
यस्तै संस्थामा कार्यरत १६० जना कर्मचारीको कोरोना बिमा समेत गराईसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार