सीतापाईला सहकारीले ३ हजार ५ सय सदस्यको निःशुल्क कोरोना बिमा गरिदिने
काठमाडौं । सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाले लघुवित्त अन्तर्गतका सदस्य तथा जेष्ठ सदस्यहरुको कोरोना बिमा गरिदिने भएको छ।
संस्थाले पहिलो चरणमा लघुवित्त कार्यक्रममा संलग्न सदस्य तथा जेष्ठ सदस्य गरी ३ हजार ५ सय सदस्यको १ लाखको कोरोना बिमा गरिदिने भएको हो ।
कोरोना संक्रमण काठमाडौंमा बढिरहेको अवस्थामा संस्थाले आफ्नै खर्चमा सदस्यको बिमा गरिदिन लागेको हो । संस्थाले यसअघि कर्मचारी र संचालक समिति तथा लेखा समितिका सदस्यहरुको बिमा गरिसकेको छ । संस्थाले चन्द्रागिरि र नागार्जुन नगरपालिकासंग समन्वय गरि संस्थाको लघुवित्ततर्फ ९२ वटा केन्द्रका ३ हजार महिला सदस्यहरु र पाँचसय जेष्ठ सदस्यको बिमा गर्न लागेको हो ।
त्यसैगरी बिमा कार्यक्रममा संस्थाका नियमित बचतकर्ताहरुलाई पनि संलग्न गराईने संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिकाका प्रमुख धनश्याम गिरी र नागार्जुन नगरपालिका प्रमुख मोहन बहादुर बस्नेतले सहकारीले आफ्ना नगरपालिकाका नागरिकहरुको कोरोना बिमा गर्न लागेकोमा खुसि ब्यक्त गर्दै यस कार्यकालागि सहयोग गर्ने बताउनुभयो ।
साथै संस्थाले ८ ठाउँमा क्षेत्रगतरुपमा सम्पर्क ब्यक्ति तोकि सदस्यहरुलाई आपतमा सेवा दिने ब्यबस्था समेत गरेको छ । साथै संस्थाले एटिएम, मोबाइल बैकिङ्गको माध्यमवाट कारोबार गर्न सदस्यहरुलाई अनुरोध गरेको छ । संस्थाले मोबाइल बैंकिङ सेवा मार्फत एउटा खातावाट अर्को खातामा रकम जम्मा गर्न, बिजुलि, टेलिफोन लगायत बिभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न सकिने जनाएको छ ।
साथै संस्थाबाट प्रदान गरिएको एटिएम सेवा, देश भरिको कुनैपनि बैकको एटिएमबाट निशुल्करुपमा २४ सै धण्टा रकम झिक्न सकिने ब्यबस्था गरिएको अध्यक्ष मानन्धरले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
एकीकृत फ्रेन्डसिप सहकारीमा सीईओ माग, पाँच वर्ष अनुभव अनिवार्य
१३ मंसिर २०८३, शनिबार
नवकान्तिपुर साकोसमा संस्थागत सुशासन र नियामकीय मापदण्ड पालनासम्बन्धी अभिमुखीकरण
१३ मंसिर २०८३, शनिबार
सदस्यका उत्पादनलाई डिजिटल बजारमा जोड्दै सेवा शुभारम्भ, आई स्मार्टमा ‘डिजिटल हाटबजार’
१२ मंसिर २०८३, शुक्रबार
