२८ असोज २०८३, बुधबार

सहयोगका लागि सिन्धु साकोसको बचत अभियान

२०७७ भदौ १४, आईतवार
सहयोगका लागि सिन्धु साकोसको बचत अभियान

सिन्धुली : कमलामाई नगरपालिका–६ सिन्धुली स्थित सिन्धु बचत तथा ऋण सहकारी संस्थाले सहयोगका लागि बचत अभियान सुरु गरेको छ ।

नियमित रुपमा आम्दानीको थोरै थोरै रकम जम्मा गर्दै इच्छा लागेको बखत झिकेर डोनेशन गर्न सकिने अवधारणासहित संस्थाले सहयोगी बचत खाता सञ्चालनमा ल्याएको हो ।

संस्थाले परोपकारी कामका लागि कम्तिमा कमाईको १ प्रतिशत संचित गर्दै जानु पर्छ भनेर अभियान नै सुरु गरेको हो । सुरुमा संस्थाका सञ्चालकहरुमा सिमित रहेको यो सहयोगी खाताको महत्व सहयोगी मन भएका अन्य धेरै सदस्यहरुले बुझन थालेका छन् ।

संस्थाले सहयोगी मन भएका सदस्यहरुको मागलाई ध्यानमा राखी यो प्रोडक्ट विगतका वर्षदेखि सञ्चालनमा ल्याएको हो । उक्त खातामा सहभागिता जनाउँदै ३६ जना सदस्यहरुको हालसम्म २ लाख ४६ हजार ३ सय ९९ रुपैयाँ जम्मा भैसकेको संस्थाका व्यवस्थापक अमिर बस्नेतले बताउनुभयो । सदस्यको मन्जुरी बिना कसैलाई पनि सहयो दिन नमिल्ने र यसलाई सदस्यले आफ्नो इच्छा अनुसार झिकेर वितरण गर्न सकिने उहाँको भनाई छ ।

उक्त रकम २६ जना सदस्यहरुले प्रति व्यक्ति एक हजारका दरले २५ हजार रुपैयाँ कोभिड संक्रमतिको लागि उपचार गर्नका निर्माण आरभ्म गरिएको कोभिड अस्पताल सिन्धुलीलाई दिएका छन् । त्यस्तै संस्थाको सामाजिक विकास कोषबा २५ हजार र कर्मचारीहरुको सहयोग ४ हजा ५ सय ५५ रुपैयाँ सहित ५५ हजा ५ सय ५५ रुपैयाँ अस्पताललाई सहयोग गरेको हो ।

अभिलेख

लोकप्रिय