२७ असोज २०८३, मङ्गलबार

सहकारी हुनु त यस्तो ! सदस्यको ४ लाख ऋण मिनाह गरी ३५ हजार राहत प्रदान

२०७७ भदौ १४, आईतवार
सहकारी हुनु त यस्तो ! सदस्यको ४ लाख ऋण मिनाह गरी ३५ हजार राहत प्रदान

बारा । जीतपुर सिमरा उप–महानगरपालिका–१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले मृतक सदस्यको करिब ४ लाख कर्जा मिनाह गरेको छ ।

संस्थाले सोही उपमहानगरपालिका–१७ जैतापुरकी सदस्य सन्चमाया तामाङको मृत्युपछि उनको नाममा रहेको ३ लाख ९९ हजार ८ सय ७० कर्जा मिनाह गरेको हो । कर्जा मिनाहसँगै आश्रीत परिवारमा ३५ हजार नगद राहत रकम समेत प्रदान गरेको संस्थाले जनाएको छ ।

शुक्रबार संस्थाबाट गएको प्रतिनीधिहरुको टोलीले मृतक तामागनीको घरमा श्रद्धाञ्जलीको कार्यक्रम गरी उनका पति पसाङ्ग तामाङलाई कर्जा मिनाहको प्रमाणसहित राहत रकम प्रदान गरेको हो ।

संस्थाको मृत्यु पर्यन्त बचत कार्यक्रम अन्तरगत राहत प्रदान तथा कर्जा सुरक्षा कार्यक्रम अन्तर्गत कर्जा मिनाह गरिएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।

संस्थाले आफ्ना एक दर्जन मृतक सदस्यका आश्रीत परिवारमा मृत्यु पर्यन्त बचत कार्यक्रम अन्तरगत राहत प्रदान गरिसकेको छ भने कर्जा शुरक्षा कार्याक्रम अन्तरगत सुविधा पाउने तामागनीको परिवार पहिलो भएको उहाँले बताउनु भयो ।

पाठेघर क्यान्सरका कारण गत असार २७ गते उहाँको निधन भएको थियो ।

अभिलेख

लोकप्रिय