५ साउन २०८३, मङ्गलबार

स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने सहकारी

२०७७ भदौ १४, आईतवार
स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने सहकारी

काठमाडौं

एम्बुलेन्स चालकसहित स्वास्थ्यकर्मी सम्मानित

काठमाडौंको एक सहकारीले कोभिड १९को महामारीका अग्रपंत्तीमा रहेर उपचार गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने उद्देश्यले आइतबार सम्मान गरेको छ । कोरोना संक्रमितको उपचार गर्दा गर्दै आफै संक्रमित भएका नर्सलाई समेत सो सहकारी संस्थाले सम्मान गरेको हो ।

काठमाडौको बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारी सहाकारी संस्थाले एम्बुलेन्स चालस, नर्स, ल्याब प्राविधिक र डाक्टगरी आधादर्जन स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो ।

उनीहरुलाई जनही २१ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतम, महासंघका संचालक डिवि बस्नेत, केम्शनका अध्यक्ष सुरेश घिमिरे लगायतले सम्मान प्रदान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा. अनुप बास्तोला, शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट परमानन्द भण्डारी, काठमाडौं मेडिकल कलेजका इन्टर्न डा. उज्वल न्यौपाने, नारायणी उपक्षेत्रीय अस्पतालकी नर्स प्रिया प्रजापति, धुलिखेल अस्पतालकी नर्स कृष्णमाया रम्तेल र पाटन अस्पतालका एम्बुलेन्स चालक दिपकप्रसाद दाहाल रहनुभएको छ ।
स्वास्थ्यकर्मीले गाली खानुपर्ने, डेरामा बस्न नदिने, खेद्नेलगायतका गतिविधि भएका कारण देशभरि रहेका सहकारीले समाजमा देखिएको यो विसंगतिलाई चिर्नका लागि सांकेतिक रुपमा सम्मान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रामेन्द्र न्यौपानेले बताउनुभयो ।

केशव बडालले ठूलो लडाइका बेला सैनिकको महत्व भए यस्तै यो महामारीको समयमा स्वास्थ्यकर्मीको महत्व रहेकाले उनीहरुको सुरक्षामा सहकारी अग्रपंक्तिमा उभिने बताउनुभयो ।

डा.गौतमले यस्तो महत्वपुर्ण र दुरगामी सकारात्मक सन्देश दिने यस्तो कार्यक्रमको आयोजना गरेर सहकारीले दिन खोजेको सन्देशले स्वास्थ्यकर्मीको मनोबल उच्च भएको बताउनुभयो । संस्थाका सचिव लक्ष्मण न्यौपानेले वास्थकर्मीसंग नजिक रहेर निरन्तर कोभोड १९ बिरुद्द सहयोग जुटाइरहने प्रतिबद्धता ब्यक्त गरे । सम्मानीत डाक्टर अनुप बास्तोलालले भने,‘विरामीको उपचार लागेका हामीलाई समाजको व्यवहारले मन दुखित भएको बेलामा यो कार्यक्रमले उत्साह थपेको छ । सहकारीकर्मीलाई धन्यवाद ।’ संस्थाले आफ्नो २१ औं बार्षिक उत्सवको अवसर पारेर भौतिक दुरी कायम राखी सिमित व्यक्तिको उपस्थितिमा आयोजीत कार्यक्रममा स्वास्थ्यकर्मीको सम्मान गरेको हो ।

अभिलेख

लोकप्रिय