भदौ १७ गतेसम्म सहकारी बन्द गर्नुहोस् : काठमाडौं प्रजिअ
काजी श्रेष्ठ
यो वा त्यो गर्नेभन्दा पनि सदस्यलाई जे गर्दा राम्रो हुन्छ त्यही गर्नुस् : रजिष्ट्रार
काठमाडौं, १० भदौं
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भदौ १७ गतेसम्म उपत्यकाभरका सबै सहकारी संघ संस्थाहरु पूर्णतः बन्द गर्न आग्रह गर्नुभएको छ ।
निषेधाज्ञा अवधिभर ३ वटै जिल्लाका सबै खालका सहकारीहरुलाई भौतिक रुपमा कार्यालय सञ्चालन नगर्न प्रजिअ दाहालले अनुरोध गर्नुभयो । सहकारीखबरसँग कुरा गर्दै प्रजिअ दाहालले भन्नुभयो, ‘कोरोना संक्रमण फैलिरहेको अवस्थामा भीडभाड बढी हुने भएकाले सहकारी संस्थाहरु पनि बन्द गर्नुहोस् ।’ काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले यही भदौं ३ गतेदेखि गरेको निषेधाज्ञा आगामी १७ गतेसम्म थप गर्ने निर्णय आज मात्रै गरेको हो । पहिलो निषेधाज्ञा आज सकिदैं थियो । खासगरी पछिल्लो समय काठमाडौं उपत्यका कोभिड–१९ को संक्रमणको हटस्पट बनेको अवस्थामा स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाईका साथ लागू गरेको हो । सरकारले कोभिड संक्रमणको परिस्थिति हेरेर निषेधाज्ञा वा प्रतिबन्धात्मक आदेश जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको थियो । सोही अनुरुप काठमाडौं उपत्यकाका ३ वटै प्रजिअहरुको संयुक्त बैठकले आज मध्यरातबाट सकिने निषेधाज्ञा अब भदौं १७ गतेमध्यरात सम्म थप्ने निर्णय गरेको हो ।
यसबीच अन्योलमा रहेको सहकारी संस्थाहरुले सम्पर्क व्यक्तिमार्फत आंशिक सेवा प्रवाह गरिरहेका छन् । कतिपयले भने निश्चित समय तोकेर कार्यालय सञ्चालन गरेपनि त्यसमा प्रशासनबाट कठिनाई उत्पन्न भएको बताउँदै आएका छन् ।
प्रजिअ दाहालले संकटपूर्ण अवस्थामा सहकारी संघ संस्थाहरुलाई प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । कार्यालय खोल्नाले भिडभाड हुने, व्यक्तिगत सुरक्षाका मापदण्डहरु पालना गर्न कठिन हुने र त्यसको अनुगमन गर्न पनि कठिनाई हुने बाध्यता उहाँले औल्याउनुभयो ।
यसैबीच, सहकारी विभागले भने सदस्यको मागका आधारमा संस्था सञ्चालनको विधि अपनाउन आग्रह गरेको छ । रजिष्ट्रार डा. टोकराज पाण्डेले भन्नुभयो, ‘सहकारी समुदायमा आधारित व्यवसाय हो, यो वा त्यो गर्नेभन्दा पनि सदस्यलाई जे गर्दा राम्रो हुन्छ त्यही गर्नुस् ।’ सदस्यलाई अप्ठेरो परेको अवस्थामा संस्थाले सेवा दिनुपर्ने उहाँको भनाई थियो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलले सहकारी संस्था बन्द भएपनि सम्पर्क व्यक्तिमार्फत सेवा प्रवाह गरिरहेको बताउनुहुन्छ । ‘संस्था बन्द भएपनि सेवा प्रवाहमा कमी भएको छैन’, उहाँले भन्नुभयो, ‘कार्यालय बन्द गरेर प्रविधिमार्फत सेवा दिन सकिन्छ ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सहकारी महासंघको अपिल
१० भाद्र २०८३, बुधबार
बाढी पीडितको राहतका लागि जनउत्थान साकोसको ८ लाख सहयोग
१० भाद्र २०८३, बुधबार
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार