भदौ १७ सम्म लम्बियो उपत्यकामा निषेधाज्ञा, सहकारी खोल्ने की बन्द नै राख्ने ?
काठमाडौं, १० भदौ
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्।
संक्रमण बढ्दै गएको र अर्को सातासम्म कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने भएकाले निषेधाज्ञा लम्ब्यान काठमाडौं उपत्यकाका मेयरहरुले सुझाव दिएका थिए। सोही सुझावको आधारमा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्।
कोरोना संक्रमण काठमाडौं उपत्यकाभित्र निरन्तर बढिरहेको छ,’ काठमाडौं जिल्लाका प्रमुख अधिकारीले जारी गरेको आदेशमा भनिएको छ, ‘यस जिल्लामा सोको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकाले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ भदौ १ को निर्णय, संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम २०७७ भदौ १० गते राति १२ः०० बजेदेखि २०७७ भदौ १७ गते राति १२ः०० बजेसम्म काठमाडौं जिल्लाभर लागू हुने गरी देहाय बमोजिमका गतिविधिहरू गर्नरगराउन निषेध गरिएको छ ।’
निषेधाज्ञा सुरु भएदेखिनै अधिकांश सहकारी संस्था बन्द रहेका छन् । केही सहकारी संस्थाले भने निषेधाज्ञामा पनि सदस्यहरुलाई सिमित समयसम्म सेवा प्रवाह गरिरहेका छन् । उपत्यकाका विभिन्न जिल्ला संघहरुले सहकारी संस्थाले सेवा बन्द गर्ने निर्देशन दिएका थिए । तर, सहकारीको सेवा अत्यावश्यक सेवामा पर्ने भएका कारण निषेधाज्ञा पनि आफ्नो सेवालाई निरन्तरता राखेको छ ।
सहकारी खोल्ने की बन्द नै राख्ने भन्नेमा केही सहकारीकर्मीहरुमा अन्योल नै छ । उच्च सर्तकता अपनाएर सेवा दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार
‘इमान्दारिता र सिर्जनशीलता’ले दिलाएको उचाइ
३ श्रावण २०८३, आईतवार