५ साउन २०८३, मङ्गलबार

‘पोलिसी एकरुपता नहुँदा सहकारी क्षेत्र पछाडि पर्यो’

२०७७ भदौ ७, आईतवार
‘पोलिसी एकरुपता नहुँदा सहकारी क्षेत्र पछाडि पर्यो’

काठमाडौं  : मुलुकको वित्तीय क्षेत्रमा सहकारी क्षेत्रको योगदान महत्वपूण रहेको राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले बताउनुभएको छ ।

७ खर्ब रुपैयाँभन्दा बढी वित्तीय क्षेत्रमा योगदान पुर्याएको उहाँको भनाई छ । सहकारीले सामाजिक र आर्थिक रुपान्तरणमा उदाहरणीय काम गरेको बताउनुहुँदै गुरागाईले भन्नुभयो, ‘सहकारी क्षेत्रमा नियमन बलियो नहुँदा केही समस्या देखिएको छ ।’

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले शनिबार आयोजना गरेको ‘सहकारी र बैंक तथा वित्तीय संस्थासँग सहकार्य’ विषयक भच्र्युअल छलफल कार्यक्रममा बोल्दै उहाँले वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने सहकारी क्षेत्रलाई राज्यले वेवास्ता गरेको बताउनुभयो ।

‘सहकारी क्षेत्रमा ६३ लाख मानिस आबद्घ हुनु ठूलो कुरा हो’, उहाँले भन्नुभयो, ‘यो संख्या कुल जनसंख्याको २५ प्रतिशत हो ।’ सहकारी र बैंक तथा वित्तीय संस्थाको पोलिसीमा एकरुपता नहुँदा सहकारी पछाडि परेको उहाँको भनाई थियो ।

अभिलेख

लोकप्रिय