सदस्य हितमा काम गर्ने सहकारीले बैंकभन्दा बढी ब्याज किन लिने ?
काठमाडौं, ६ भदौ
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सदस्यको हितमा काम गर्ने सहकारीले बैंकभन्दा बढी किन ब्याज लिएको आरोप लगाउनु भएको छ । सचिवले पाण्डेले सदस्यको हित गर्न छोडेर बढी ब्याज लिएको बताउनुहुँदै सहकारी संस्थाले आफूलाई बैंक हो भनेर नबुझ्न पनि आग्रह गर्नुभएको छ ।
नेपाल सहकारी पत्रकार समाजले सहकारी र बैंकर वित्तीय संस्थाबीच सहकार्य विषयक अन्तक्रिया कार्यक्रममा बोल्नुहुँदै सचिव पाण्डेले सहकारी गाउँ गाउँ जानु पर्नेमा सहरमा मात्रै केन्द्रित भएकाले यसको कारण खोज्ने बेला आएको बताउनुभयो ।
‘जहाँ ठूला सहकारी छन् त्यहाँका सहकारीमा बढी समस्या छ’ उहाँले भन्नुभयो ‘यस्तै ठाँउका सहकारीले सदस्यलाई समस्यामा पार्ने काम गरेका छन्, बरु साना सहकारी भएको ठाँउमा यस्तो समस्या छैन, सहरमा समस्या बढेको छ ।’
अहिले सहकारी क्षेत्रमा कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण छु्ट्टै माग भएको भन्दै यसको औचित्यको विषयमा प्रश्न समेत गर्नुभएको छ । यसले राज्यको खर्च बढ्ने उहाँको भनाई थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार