३० वर्ष टेकेको विकू भन्छ, ‘वि नेभर से नो’
गैंडाकोट, ५ भदौ
गैंडाकोट–८ नवलपरासीमा मुख्य कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्था लि. आजबाट ३० वर्ष प्रवेश गरेको छ ।
२०४८ साल भदौ ५ गते २६ जनाबाट दैनिक ५० पैसा बचत गर्दै सुरु भएको विकू आज देशकै उत्कृष्ट सहकारी संस्था बन्न सफल भएको छ । ८० हजार सदस्यबाट ६ अर्ब रुपैयाँ पुँजी संकलन सफलताको चिनारी हो । कुल सदस्यहरु जसमध्ये ५१ प्रतिशत महिला छन् ।
१९ वटा सेवाकेन्द्र र मुख्य कार्यालयमा गरी एक सय ५० कर्मचारीले ती ८० हजार सदस्यलाई सेवा प्रवाह गरिरहेका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले भन्नुहुन्छ, ‘सहकारी क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने विकूले प्रविधिको क्षेत्रमा उल्लेख्य फड्को मारेको छ ।’
उहाँको अनुसार हाल ३० प्रतिशत सदस्यले मोबाई बैंकिङ प्रयोग गर्दै आएका छन् । त्यसमध्ये एटिएम प्रयोगकर्ता सदस्य मात्रै १० हजार भएको उहाँको दाबी छ ।
संस्थाको आफ्नै ३ वटा एटिएम बुथ सञ्चालनमा रहेको र छिट्टै ३ वटा बुथ सञ्चालनमा आउने पौडेलले बताउनुभयो ।
२९ वर्षको यात्रामा संस्थामा हालसम्म ७ वटा नेतृत्व परिवर्तन भएको छ । हालसम्म सम्पूर्ण नेतृत्व सर्वसम्वत चयन भएका छन् । २०५४ सालदेखि प्रमुख कार्यकारी अधिकृतको नेतृत्व पौडेलले नै गर्नुभएको छ ।

‘वि नेभर से नो’
‘हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य’ भन्ने अभियानका साथ संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
सदस्यको जीवनमा आईपर्ने हरेक समस्य समाधानमा संस्थाले कहिल्यै नाई नभन्ने (वि नेभर से नो) प्रमुख पौडेलले बताउनुभयो । ‘सदस्यको जीवनकालमा आईपर्ने सामाजिक, आर्थिक र साँस्कृतिक समस्या समाधान संस्थाले नै गर्नेछ’, उहाँले भन्नुभयो, ‘संस्थाले गर्न सक्ने सेवा आफैले प्रवाह गर्नेछ, नसक्ने वा नमिल्ने अवस्थामा बिहिरी विभिन्न निकायसँगको सहकार्यमा पुरा गर्ने छ ।’
त्यस्तै संस्थाले सदस्यहरुको समृद्धिको आधार समेत तयार गर्ने भएको छ । १० वर्षभित्र सम्पूर्ण सदस्यलाई समृद्ध बनाउने अभियान संस्थाले सुरु गरेको छ । हाल ९ सय घर परिवार सदस्यलाई हरेक हिसाबले समुन्नत बनाउने कार्यक्रम संस्थाले गरिरहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार