किसान कल्याण र नीलकण्ठ महिला साकोस देशकै सर्वोत्कृष्ट
काठमाडौं, १ भदौ
किसान कल्याण साकोस, सुनसरी र नीलकण्ठ महिला साकोस, धादिङ देशकै सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी घोषित भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आफ्नो ३३ औं स्थापना दिवसको अवसमा देशकै सर्वोत्कृष्ट साकोसको रुपमा घोषणा गरेको हो । नेफ्स्कूनले हरेक वर्ष महिलाबाट सञ्चालित एक साकोस र समग्रबाट एक साकोस सर्वोत्कृष्ट घोषित गरी सम्मान गर्दै आएको छ ।
साउन ३२ गते सम्पन्न ३३ औं स्थापना दिवसको अवसरमा आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट कार्य गरेवापत घोषणा गरेको हो । नेफ्स्कूनका निवर्तमान अध्यक्ष, पुरस्कार तथा सम्मान उपसमिति संयोजक एवम् संघका सल्लाहकार डी.बी. बस्नेतले विधागत सम्मान तथा पुरस्कारको घोषणा भिडियो प्रस्तुतिमार्फत गर्नुभएको थियो ।
सर्वोत्कृष्ट घोषित किसान कल्याण साकोसको स्थापना २०५८ सालमा भएको हो । १० हजार ९ सय ६० जना सदस्य रहेको संस्थाको कुल सम्पत्ति ६८ करोड ५ लाख रहेको छ । संस्थाको संस्थागत पुँजी ७ दशमलप २१ प्रतिशत रहेको छ । यस संस्था एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था हो ।
त्यस्तै सर्वोत्कृष्ट नीलकण्ठ महिला साकोस २०५३ सालमा स्थापना भएको संस्था हो । २ हजार ९ सय २१ जना सदस्य रहेको संस्थाको कुल सम्पत्ति ११ करोड ४० लाख रहेको छ । संस्थाको संस्थागत पुँजी ९ दशमलप ३० प्रतिशत प्रतिशत रहेको छ । संस्था नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस (कब्र्स) कार्यक्रममा आवद्ध रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार
‘इमान्दारिता र सिर्जनशीलता’ले दिलाएको उचाइ
३ श्रावण २०८३, आईतवार