सहकारी सञ्चालकको उन्नयन हुने र सदस्यको आर्थिक अवस्था झन खस्कने देखिन्छ : सचिव पाण्डे
काठमाडौं, ३२ साउन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डे आर्थिक क्रियाकलाप अभिवृद्धि गर्न र अर्थतन्त्र चलायमान बनाउन बचत तथा ऋण सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
नेफ्स्कूनको ३३ औं स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नुहुँदै पाण्डेले बैंक तथा वित्तीय पहुँच नपुगेको स्थानमा सहकारीको योगदान महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । गरिबीको रेखामुनी रहेको जनताको जीवन स्तर सुधारमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । सहकारी अभियानलाई अझै बजबुद बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
सहकारीको अनुगमत केन्द्रिय तहबाट हुनु पर्ने समेत उहाँले बताउनु भयो । सदस्यको बचतलाई लिएर टाप कस्ने प्रवृती बढेको बताउनुहुँदै सचिव पाण्डेले सहकारी सञ्चालकको उन्नयन हुने र सदस्यको आर्थिक अवस्था झन खस्कने कतै कतै देखिएको बताउनुभयो । यस्ता अनियमिततालाई नियन्त्रणमा काम गर्नुपर्ने बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार
‘इमान्दारिता र सिर्जनशीलता’ले दिलाएको उचाइ
३ श्रावण २०८३, आईतवार