५ साउन २०८३, मङ्गलबार

कोरोना महामारीमा सहकारी सञ्चालक फरार रहेको दैनिक दर्जन उजुरी

२०७७ साउन ३२, आईतवार
कोरोना महामारीमा सहकारी सञ्चालक फरार रहेको दैनिक दर्जन उजुरी

काठमाडौं, ३२ साउन

सदस्यको बचत लिएर सहकारी सञ्चालक सहकारी फरार भएको घटना बढेको सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले बताउनु भएको छ ।

कोरोनाको प्रवाह नै नगरी दैनिक दजनौं उजुरी आउने विभागमा आउने गरेको उहाँले बताउनुभयो । नेफ्स्कूनको ३३ औं स्थापना दिवसको अवसरमा आयोजि कार्यक्रममा उहाँले यसमा सबैले साझा चासो र चिन्ता लिनुपर्ने अवस्था रहेको बताउनुभयो ।

‘साझा चासो र चिन्ता लिन सकेनौं भने धेरै मानिस घर, बास उठ्ने वाला छन्’, उहाँले भन्नुभयो, ‘घर, बास उठ्दै गर्दा, तपाई हाम्रो घर बास जोडिदै गरेको दृष्य पक्कै पनि यो लोकमा जे भएपनि परोलोकमा दण्डनीय हुन्छ ।’ यी विषयलाई विचार गर्दै अगाडी बढ्न सहकारीकर्मीलाई अनुरोध गर्नुभयो ।

अभिलेख

लोकप्रिय