सहकारी व्यवस्थापक विषयको पठनपाठन कार्यक्रम शुभारम्भ
काठमाडौं, १ भदौ
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले सहकारी व्यवस्थापक विषय औपचारिक रुपमा पठनपाठन कार्यक्रम शुभारम्भ गरेको छ । ३३ औं स्थापना दिवसको अवस (साउन ३२ गते)बाट औपचारिक पठनपाठन कार्यक्रम शुभारम्भ गरेको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सम्बन्धनमा ‘सहकारी व्यवस्थापक कोर्ष’ सुरु भएको हो । नेफ्स्कूनले कोभिड १९ को महामारीका बीच सरकारले घोषणा गरेको प्रथम चरणको बन्दाबन्दीका समयमा भर्ना आवेदन खुला गरेको थियो । यस विषयमा अध्ययनको लागि ६५ जनाले आवेदन दिएका थिए । सो आवेदहरु मध्ये एक कक्षामा आवश्यक २० जनाको छनौट नेफ्स्कूनले प्रवेश परिक्षाबाट गरेको थियो ।
यस पठनपाठनले सहकारी क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको मार्ग प्रशस्त गर्ने नेफ्स्कूनका महासचिव एवम् शिक्षा तथा स्रोत केन्द्र उपसमिति संयोजक दामोदर अधिकारीले बताउनुभयो । स्थापना दिवसको अवसरमा औपचारिक उद्घाटन गरिने र कोभिडको प्रकोप तथा सरकारको निर्देशनले कुनै अवरोध नपु¥याएमा भदौंको दोस्रो साताबाट कक्षा सञ्चालन हुने उहाँले बताउनुभयो ।
सहकारी क्षेत्रमै पेशागत भविष्य खोज्ने स्नातक उत्तीर्णहरु वा हाल सहकारी क्षेत्रमै कार्यरतहरुलाई लक्षित यस कार्यक्रमले अन्ततोगत्वा सहकारी मानव संशाधन बैंक (एचआर बैंक) को काम गर्ने महासचिव अधिकारीको दाबी छ ।
६ सय क्रेडिट आवरको उक्त छोटो अवधिको पठनपाठन कम्तिमा ९ महिनाको हुने छ । यसका लागि पाठ्यक्रम र पाठ्यवस्तु तयार भैसेकेको बताउँदै महासचिव अधिकारीले सहकारी क्षेत्रमा सफल व्यवस्थापकहरुले अध्यापन गर्ने जानकारी गराउनुभयो । नेपालका सफल सहकारी व्यवस्थापकहरुको सहयोगमा नेफ्स्कून र सीटीईभीटीले तयार पारेको यस औपचारिक कार्यक्रमले सहकारी परिचय, योजना निर्माण, भौतिक व्यवस्थापन, सूचना प्रविधि, वस्तु तथा सेवा विकास, प्रवद्र्धन र बजारीकरण, जोखिम व्यवस्थापन आदि १५ वटा प्रारुपमा विषयहरु समेट्ने छ ।
नेफ्स्कूनको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा बिहानी सत्रमा २ घन्टा सैद्धान्तिक कक्षा सञ्चालन हुनेछ भने विद्यार्थीहरुले संघले सम्झौता गरेका सफल सहकारी संस्थाहरुमा गएर प्रयोगात्मक सिकाईका कार्यहरु सम्पन्न गर्नुपर्ने हुन्छ । सहकारी व्यवस्थापक विषय अध्ययनका लागि कूल ७५ हजार रुपैंयाँ शुल्क तोकिए पनि ३ किस्तामा तिर्न सक्ने सहज व्यवस्था मिलाएको महासचिव अधिकारीले बताउनुभयो ।
नेफ्स्कूनले सीटीइभीटीबाटै सम्बन्धन लिएर रिसेप्सनिष्ट कम क्यासियर र सेभिङ एण्ड क्रेडिट मोबिलाइजर कोर्स पठनपाठनको गृहकार्य पनि सुरु गरिसकेको छ भने निकट भविष्यमै ऋण अधिकृत र लेखा अधिकृत सम्बन्धी छोटो अवधिको औपचारिक अध्यापन कक्षा संञ्चालन गर्ने उहाँले जानकारी गराउनुभयो ।
हाल सीटीइभीटीले नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वरबाट कक्षा सञ्चालनको अनुमति दिएपनि भविष्यमा संघीय राजधानी बाहिर दुर शिक्षा वा अनलाईन विधिबाट पनि कक्षा सञ्चालनको पहलकद्मी गर्ने महासचिव अधिकारीले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार