२९ असोज २०८३, बिहिबार

नेफ्स्कुनले नतिजामुखी ढंगले काम गर्दछः अध्यक्ष पौड्याल

२०७७ साउन ३२, आईतवार
नेफ्स्कुनले नतिजामुखी ढंगले काम गर्दछः अध्यक्ष पौड्याल

काठमाडौं, ३२ साउन

नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले नेटवर्क म्यानेजमेन्टलाई आधार मानेर ४ वर्षे रणनीति तयार गरेको बताउनुभएको छ ।

नेफ्स्कुनको आज सम्पन्न ३३ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले सदस्यको आर्थिक विकास र गुणस्तरीय जीवन ‘सुखी नेपाली, समृद्ध नेपाल’ प्राप्तिका लागि माइलस्टोन भएको बताउनुभयो । त्यसको प्राप्तिका लागि नेफ्स्कुनले नतिजामुखी ढंगले काम गर्ने समेत उहाँले प्रष्ट पार्नुभयो ।

सहकारी राज्यको सहयोगी र विकासको साझेदारको रुपमा अगाडि बढेको बताउनुहुँदै उहाँने भन्नुभयो, ‘प्रवर्द्धन र नियमन दुवैमा राज्य उत्तरदायी हुनुपर्छ, एउटा कुरामा आँखा चिम्लियो संस्थाहरु दुर्घटनामा पर्न सक्छन् ।’

साकोसहरुलाई गुणस्तरीय बनाउन मुख्य आधार नै जोखिममा आधारित सुपरीवेक्षण कार्यक्रम, प्रोबेसन र एक्सेस ब्राण्ड भएको भन्दै उहाँले आजबाट ‘आधारशीला कार्यक्रम’को शुभारम्भ गरिएको बताउनुभयो । चारवटा आधारलाई टुल्सको रुपमा प्रयोग गरिए सहकारीमा दुर्घटना नहुने उहाँको भनाई छ ।

अभिलेख

लोकप्रिय