वाणिज्य बैंकभन्दा अगाडि सहकारी बैंक, लोभलाग्दो प्रगति
काठमाडौं, ३२ साउन
कोरोना कहरबीच वणिज्य बैंक र विकास बैंकलाई पछि पार्दै राष्ट्रिय सहकारी बैंकले लोभलाग्दो प्रगति गरेको छ ।
सहकारी क्षेत्रको एक मात्र सहकारी बैंकले कोरोना महामारीमा समेत मुनाफामा उल्लेखीय प्रगति हासिल गरेको छ ।
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६।६९ प्रतिशतले बढी हो ।
बैंकले प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार शेयर पूँजी २ अर्ब २२ करोड३८ लाख ९९ हजार रहेकोबैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ, बैंकको खराब कर्जा १।३४ प्रतिशतबाट घटेर ०।७० प्रतिशतमा रहेको छ ।
बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद व्याज आम्दानी अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो ।
सिभिल बैंकको भन्दा बढी नाफा सहकारी बैंकले कमाउन सफल भएको छ । ७७ जिल्लाका सबै खाले सहकारी संघरसंस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघरसंस्था सदस्य रहेका छन् । बैंकले ४६ अर्ब ८८ करोड बचत संकलन गर्दै २६ अर्ब ६९ करोड कर्जा लगानी गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार
‘इमान्दारिता र सिर्जनशीलता’ले दिलाएको उचाइ
३ श्रावण २०८३, आईतवार