५ साउन २०८३, मङ्गलबार

नेचुरल साकोसको तेस्रो सेवा केन्द्र कालिमाटीमा

२०७७ साउन २९, बिहिबार
नेचुरल साकोसको तेस्रो सेवा केन्द्र कालिमाटीमा

काठमाडौं, २९ साउन

नेचुरल बचत तथा ऋण सहकारी संस्थाले तेस्रो सेवा केन्द्र कालिमाटीमा विस्तार गरेको छ

जोरपाटीमा मुख्य कार्यालय रहेको संस्थाले बिहीबार एक कार्यक्रमको बीच सेवा केन्द्र उद्घाटन गरेको हो । सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा सेवा केन्द्र उद्घाटन गरिएको हो । संस्थाका अध्यक्ष शर्मिला अमात्य, प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ लगायत सहकारीकर्मी तथा संस्थाका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिती रहेको थियो

संस्थाले यस अघि काठमाडौंको नयाँ बजार, साँखुमा सेवा केन्द्र र काडाँघारीमा सम्पर्क कार्यालय स्थापना गरी सदस्यले सेवा प्रवाह गर्दै आएको छ ।

कोरोना महामारी नै सेवा केन्द्र स्थापनाको तयारी भएको र कोरोनाको कारण केही ढिलाई भएको संस्थाका प्रमुख विकल्प पाठकले बताउनु भयो ।

अभिलेख

लोकप्रिय