कांग्रेसको वित्तीय तथा सहकारी विभागको सचिवमा भण्डारी
ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई नेपाली कांग्रेसले वित्तीय तथा सहकारी समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ ।
दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लाग्नुभएका भण्डारीको लामो समय सम्मको योगदानलाई कदर गर्दै नेपाली कांग्रेसले सचिवमा नियुक्ति गरेको हो ।
उहाँसहित २५ संस्थापक सदस्यले स्थापना गरेको श्री लालीगुँरास सहकारी संस्था अहिले देशकै उत्कृष्ठ संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । हाल सो संस्थामा करिब २१ हजार सदस्य छन् ।
संस्थाको लागानीमा श्रीलालीगुराँस राष्ट्रिय माध्यामिक विद्यालय, श्री लालीगुराँस अस्पताल, भैरबकुण्ड हाइड्रोपावर र श्रीलालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् ।
सबै सस्थाको नेतृत्वदायी भुमिकामा रहनुभएका भण्डारीले आफ्नो नियुक्तिलाई सहीरुपमा अघि बढाउँदै सहकारी र वित्तीय संस्थाको विकासमा अथक रुपमा लागिरहने बताउनुभएको छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित)को धारा २५(९ बमोजिम उहाँलाई नियुक्ति गरेको पत्रमा उल्लेख छ । नियुक्ति भए लगत्तै उहाँले पार्टीको केन्द्रिय वित्तीय विभागलाई थप सुदृढ र गतिशिल बनाउन दत्तचित्त भई लागि पर्ने बताउनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार
‘इमान्दारिता र सिर्जनशीलता’ले दिलाएको उचाइ
३ श्रावण २०८३, आईतवार