रामेछापको मन्थलीमा नेफ्स्कून फिल्ड कार्यालय
रामेछाप, २६ साउन
रामेछापको मन्थलीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले फिल्ड कार्यालय स्थापना गरेको छ । सोमबार बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले फिल्ड कार्यालयको उद्घाटन गर्नुभयो ।
कार्यालयको उद्घाटन गर्दै मन्त्री ढुंगेलले देशमा स्थिरता कायम भएकोले सहकारी अभियान पनि अघि बढ्ने बताउनुभयो । ढुंगेलले सहकारीको लगानी कृषि, पशुपालन र घरेलु उद्योगकको क्षेत्रमा गर्न आग्रह गर्नुभयो । अनुत्पादक क्षेत्रमा सहकारीको लगानी बन्द गर्न उहाँले आह्वान गर्नुभयो । स्थानीय स्रोत र साधनमा आधारित उद्योग र उत्पादनमा लगानी गर्न उहाँले सहकारी र निजी उद्यमीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले विकासमा सरकार, सहकारी र निजी क्षेत्रको तीन खम्बे नीति लिएको भएपनि सहकारी क्षेत्रलाई मूल धारमा ल्याउन नसकिएको बताउनुभयो ।
कार्यक्रममा संघका सञ्चालक जिवस खड्काले सहकारीलाई अभियानको रुपमा अघि बढाउन सके धेरै काम गर्न सकिने बताउनुभयो ।
उद्घाटन कार्यक्रम रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरे, जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापका अध्यक्ष जगन्नाथ दाहाल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल लगायतले बोल्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार
‘इमान्दारिता र सिर्जनशीलता’ले दिलाएको उचाइ
३ श्रावण २०८३, आईतवार