२२ जेठ २०८३, शुक्रबार

अब सहकारीको ब्याजदर कति ?, महासंघद्वारा सुझाव संकलन

२०७७ साउन २२, बिहिबार
अब सहकारीको ब्याजदर कति ?, महासंघद्वारा सुझाव संकलन

काठमाडौं, २२ साउन

राष्ट्रिय सहकारी महासंघले बिहीबार सहकारी अभियानकोतर्फबाट सन्दर्भ ब्याजदर निर्धारण समितिमा प्रतिनिधित्व गर्ने सहकारीकर्मी, महासंघका उपलब्ध संचालक, केन्द्रीय संघ तथा उपत्यकाका जिल्ला सहकारी संघहरुसँग ब्याजदरको विषयमा सुझाव लिएको छ ।

महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा छलफल भएको थियो । सहकारी ऐन २०७४ को दफा ५१ ले रजिस्ट्रारले ब्याजदर निर्धारण समितिको सिफारिसका आधारमा सन्दर्भ ब्याजदर तोक्न सक्ने अधिकार प्रदान गरेको छ । सो समितिमा महासंघबाट वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र केन्द्रीय विषयगत संघहरुबाट नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याललाई महासंघले निर्णय गरि पठाएको छ । त्यसैगरी सहकारी बैंकको प्रतिनिधिका रुपमा सिइओ सिए बद्री गुरागाईले प्रतिनिधित्व गर्नुभएको छ ।

निर्धारण समितिले ब्याजदर अध्ययन गरी सिफारिस गर्नका लागि बनाएको कार्यदलको संयोजक महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल हुनुहुन्छ । ५ सदस्यीय कार्यदलमा नेपाल राष्ट्र बैंकका केदार पोखरेल, सहकारी विभागका सुरेन्द्रराज पौडेल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्याल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई सदस्य हुनुहुन्छ । यो उपसमितिले वित्तीय बजार र सहकारी क्षेत्रको ब्याजदर अध्ययन गरी प्रतिवेदन तयारी गर्ने बताइएको छ । मल्लले सो छलफलमा ऐनको व्यवस्था र बजारको वित्तीय अवस्थालाई अध्ययन गरेर मात्र समितिलाई ब्याजदरको प्रतिवेदन उपलब्ध गराउने बताउनुभयो । अभियानको साझा धारणा बनाएर अगाडि बढ्ने महासंघका अध्यक्ष कँडेलले बताउनुभयो ।

गत बर्ष पहिलो पटक सहकारीमा पहिलो पटक ऋणको अधिक्तम १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो । २०७६ साउन १९ गतेबाट सो लागु भएको थियो । यसरी तोकिएको सन्दर्भ ब्याजदर सहकारी संस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहेन प्रावधान ऐनमा छ ।

अभिलेख

लोकप्रिय