प्रविधीमैत्री बन्दै रोयल सहकारी, सदस्यको हात हातमा स्मार्ट बैकिङ्ग सेवा
पोखरा, १३ साउन
पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले महामारीको असरलाई अवसरमा बदल्दै प्रविधिमा फड्को मारेको छ ।
संस्थाको हरेक कारोबारलाई प्रविधिमैत्री बनाउने अभियान बमोजिम संस्थाका सञ्चालक तथा व्यवस्थापन कर्मचारीहरुले एकैपटक सेवा लिँदै रोयल स्मार्ट बैकिङ्गको शुरुवात गरेको छ । ‘स्मार्ट सोच्नुहोस्, रोयल स्मार्ट बैकिङ्ग रोज्नुहोस्’ भन्ने मूल नारासहित स्मार्ट बैकिङ्गको शुरुवात गरेको हो ।

संस्थाको सेवालाई प्रतिस्पर्धी र बहुउपयोगी बनाउन स्मार्ट बैकिङ्गको सेवा प्रारम्भ गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले बताउनुभयो । ‘रोयल सहकारी ब्राण्डेड सहकारी हो’, उहाँले भन्नुभयो, ‘हामीले संस्थाका सञ्चालक, कर्मचारी र सदस्यहरुलाई सर्टिफाईड सहकारीकर्मीको रुपमा विकास गरिरहेका छौं । अब हामी संस्थाको सेवा र आफ्ना सदस्यहरुलाई स्मार्ट बनाउन चाहन्छौं । त्यसैले पनि यो सेवा सुरु गरेका हौं ।’
रोयल स्मार्ट बैकिङ्गबाट सदस्यहरले आफ्नै मोबाईलबाट खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट चेक गर्न, सहकारीभित्र खातामा रकमान्तर गर्न, विभिन्न ५३ वटा बैंकहरुबाट सहकारीमा र सहकारीबाट बैंकहरुमा रकमान्तर गर्न सक्दछन् । त्यस्तै खानेपानी, बिजुली, ईन्टरनेट, टिभी, टेलिफोनको बिल भुक्तानी गर्न, मोबाईल रिचार्ज, हवाईजहाज तथा सिनेमाको टिकट खरिद गर्न, वालेटमा रकम जम्मा, क्यूआर भुक्तानी, कार्ड रहित एटिएमसेवा र संस्थाको सूचना तथा समाचारहरु एउटै प्रणालीबाट सेवा प्राप्त गर्न सकिने संस्थाका सूचना अधिकारी तथा मुख्य प्रबन्धक मीलन ढकालले बताउनुभयो ।

‘लकडाउन सुरु भएसँगै सदस्यहरु संस्थामा आउन सकेनन् । आफ्नो खाताको जानकारी लिन, अन्य बिल भुक्तानी गर्न तथा महामारीको बेलामा भौतिक रुपमा उपस्थित भई बचत खातामा भएको रकम समेत कर्जा खातामा घटाउन सकेनन्’, ढकालले भन्नुभयो, ‘नगदको कारोबार गर्न धेरै सदस्यहरुले भोगेको समस्यालाई मध्यनजर गर्दै संस्थाले मोबाईल बैकिङ्ग सुरु गरेका हौं ।’
संस्थाले गतवर्षदेखि प्रधान कार्यालय पोखरा र तनहुँ जिल्लाको दुलेगौंडा सेवाकेन्द्रबाट एटिएम सेवामार्फत प्रविधिलाई आत्मसात गरेको हो । सहकारीले स्मार्ट बैकिङ्ग सेवाको शुरुवात गरेसँगै संस्थामा भिडभाड कम हुने, कर्मचारी र सदस्यहरुको समय बचत हुने, आफ्नो कारोबारको परिक्षण घरमै बसी आफैले स्वमूल्याँकन विधिबाट गर्न सकिने र अन्य बैकहरुसँगको सिधा नेटवर्कको कारण वित्तीय कारोबारमा सहजताको युग प्रारम्भ भएको संस्थाले दाबी गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार