नेचुरल साकोसको सेवा उत्कृष्ट, दिगो र सबल संस्था बनाउने योजना
काठमाडौं, ११ साउन
नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६/७७ को समिक्षा र आर्थिक वर्ष २०७७/०७८ प्रस्तावित बार्षिक निति तथा कार्यक्रम एवंम योजना तर्जुमा सम्पन्न गरेको छ । शनिबार सञ्चालक समिति, लेखा समिति र उच्च व्यवस्थापन कर्मचारी बीच कार्यक्रम सम्पन्न गरेको हो ।
कोरोना महामारीका कारण भएको लकडाउनको समयमा संस्थाले प्रवाह गरेको सेवा उत्कृष्ठ रहेको निष्कर्ष निकालिएको छ । गत आर्थिक वर्षमा संस्थाले उत्कृष्ट आर्थिक उपलब्धी समेतच हासिल गरेको छ ।

नेचुरल साकोस सदस्यप्रति जिम्मेवार रहेको र जस्तो सुकै प्रतिकुल अवस्थामा पनि सदस्य सेवामा तत्पर रहेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो । संस्थाले नीति, विधि र प्रविधिको माध्यमबाट सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्ने अग्रणी संस्थाको रुपमा समेत नेचुरल रहेको उहाँको भनाई छ ।

आगामी वर्षमा संस्थाले नीति, विधि र प्रविधिको माध्यमबाट उत्कृष्ट सेवा प्रवाह गर्ने समेत उहाँले बताउनुभयो । संस्थाले दिगो र सबल सहकारीको रुपमा समेत विकास गर्दै लैजाने योजना अघि सारेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार