सहकारीको ऋण छ महिनापछि तिर्दा हुने, जरिवाना तथा अतिरिक्त शुल्क लिन नपाईने
२०७७ साउन ९, शुक्रबार
काठमाडौं, ९ साउन
सहकारी संस्थाले सदस्यहरुलाई लगानी गरेको ऋणको किस्ता तिर्ने म्याद थप गर्न सहकारी विभागले निर्देशन दिएको छ । कम्तिमा ६ महिना ऋणको म्याद थप गरी सुबिधा दिन सहकारी विभागले शुक्रबार निर्देशन दिएको हो ।
कोभिड–१९ को महामारीले सदस्यमा परेको प्रभावको कारण साँवा वा ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यहरुबाट ब्याज, अतिरिक्त शुल्क तथा जरिवाना नलिई म्याद थप गर्न निर्देशन दिएको हो ।
२०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता ऋणी सदस्यको आवश्यकता र व्यवसाय सुचारु हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गरी संचालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म भाखा सार्न सकिने सहकारी विभागमा उप–रजिष्ट्रार चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै नियामक निकायको पूर्व स्वीकृती लिएर भने १ वर्षसम्म भाखा सार्न सकिने जनाएको छ ।
पढ्न छुटाउनु भयो की ?
साउनमा उठेको ब्याजलाई अघिल्लो आर्थिक वर्षको आम्दानी मान्न सकिने
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार