सहकारीको ब्याजदर १६ प्रतिशतबाट घटाउन दबाब, निर्धारण समितिको बैठक बोलाउने तयारीमा विभाग
काठमाडौं, ४ साउन
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा माइक्रोफाइनान्सले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी ‘क्याप’ लगाइएपछि सहकारी संस्थाको पनि ब्याज घटाउन दबाब परेको छ । सहकारी क्षेत्रको नियामक निकाय सहकारी विभागलाई सहकारीको ब्याजदर घटाउने नैतिक दबाव परेको छ।
माइक्रोफाइनान्स ब्याजदर १८ प्रतिशतबाट १५ प्रतिशतमा झरेको छ । सहकारी विगतले गत वर्षको साउन १९ गतेदेखि लागू हुने गरी सहकारीको ब्याजदर अधिकतम १६ प्रतिशत तोकिएको थियो । सहकारी विभागले पनि ब्याजदर घटाउन आन्तरिक गृहकार्य सुरु गरेको बुझिएको छ । सहकारीको ब्याजदर माइक्रोफाइनान्सभन्दा कम हुनुपर्ने सहकारी विभागका सूचना अधिकारी सुरेन्द्रराज पौडेल बताउनुहुन्छ । माइक्रोफाइनान्सको ब्याजदर घटेसँगै अब सहकारीको पनि ब्याजदर घटाउन दबाव परेको उहाँको भनाई छ ।
सहकारी विभागले सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बोलाउने तयारी गरेको छ । केही दिनभित्रै समितिको बैठक बोलाउने पौडेलले जानकारी दिनुभयो । सहकारीमा सन्दर्भ ब्याजदर निर्धारणका लागि सहकारी ऐन २०७४ को दफा ५१ मा गरिएको व्यबस्था अनुसार सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा १० सदस्यीय सन्दर्भ ब्याजदर निर्धारण समिति गठन गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार