प्रतिकुल अवस्थामा पनि सदस्य सेवामा तत्पर र सक्षम विकू साकोस
गैंडाकोट, ४ साउन
विकू बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तावित बार्षिक निति तथा कार्यक्रम एवंम योजना तर्जुमा सम्बन्धि गोष्ठी शनिबार कावासोतिमा सम्पन्न भएको छ ।
सञ्चालक समितिको तर्फबाट प्रस्ताव गरिएको निति तथा कार्यक्रमलाई सेवा केन्द्र व्यवस्थापन उप-समिति, केन्द्रिय उप-समिति एवंम व्यवस्थापन तहमा छलफलपछि अन्तिम रुप दिईने संस्थाले जनाएको छ ।
कार्यक्रममा सञ्चालक समिति, कावासोती क्षेत्रका कावासोति सेवा केन्द्र, श्रीगणेश सेवा केन्द्र, हिमकिरण सेवा केन्द्र, नवलुम्बिनी सेवा केन्द्र, चोरमारा सेवा केन्द्र, जनकल्याण सेवा केन्द्र र गरिमा सेवा केन्द्र व्यवस्थापन उप-समिति तथा संस्थाको उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी सेवा केन्द्र संयोजकहरुले आ–आफ्रनो सेवा केन्द्रको तर्फबाट कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले गर्नुभएको थियो।
कार्यक्रममा उठेका विषयहरुको सम्बोधन गर्नुहुँदै अध्यक्ष सापकोटाले विकु समुदायमा आधारित नेपालको उत्कृट सहकारी संस्था रहेको र जस्तोसुकै प्रतिकुल अवस्थामा पनि सदस्य सेवामा तत्पर र सक्षम रहेको जानकारी गराउनु भयो ।
गत आर्थिक वर्ष २०७६/७७ मा उत्कृट आर्थिक उपलब्धि हासील गर्न सफल भएको बताउनुहुँदै आगामी वर्ष पनि यसलाई निरन्तरता दिँदै सदस्य सेवामा ‘हामी कहिल्यै नाई भन्दैनौं’ अवधारणमा अगाडि बढ्ने बताउनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले गर्नुभएको थियो। प्रस्तावित बार्षिक निति तथा कार्याक्रम प्रस्तुत संस्थाका सचिव प्रेम प्रसाद सापकोटा ले गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार