चन्द्रागिरि साकोसको सहयोगमा नयाँ एम्बुलेन्स सञ्चालन हुने
काठमाडौं, ३ साउन
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र लायन्स क्लब अफ काठमाडौं, चन्द्रागिरि बी एम्बुलेन्स सञ्चालन सम्झौता भएको छ ।
विगत १० वर्षदेखि आफ्ना सदस्य र आसपासमा एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको चन्द्रागिरि साकोसले उक्त क्लबलाई नयाँ एम्बुलेन्स सञ्चालनको लागि वित्तीय सहयोग गर्ने भएको हो ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयबाट एम्वुलेन्स खरिद सम्बन्धी आवश्यक सिफारिस प्राप्त भई उक्त एम्बुलेन्स खरिद प्रकृयामा गईसकेको छ ।
आज भएको सम्झौता कार्यक्रममा खरिदको लागि आवश्यक पर्ने रकमको चेक हस्तान्तरण तथा सम्झौता पत्र आदान प्रदान गरिएको थियो । चन्द्रागिरि साकोसका अध्यक्ष शिवशंकर मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरिका अध्यक्ष जयरामप्रसाद लुईटेल र निवर्तमान तथा पूर्व अध्यक्षहरु राजेन्द्र विक्रम बानियाँ, मनमायाँ गिरी, रेशमलाल दवाडी लगायत कार्यसमितिका पदाधिकारीहरु तथा चन्द्रागिरिका लेखा संयोजक गोबिन्द प्रसाद मिश्रका साथ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चन्द्रागिरिका अध्यक्ष शिवशंकर मानन्धर, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरीका निवर्तमान अध्यक्ष राजेन्द्र विक्रम बानियाँले मन्तव्य राख्नुभएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार