प्रदेश २ सरकारले तिरिदियो सहकारीका सदस्यको ब्याज
धनुषा, ३ साउन
प्रदेश नम्बर २ को सरकारले शुक्रबार तेस्रो चरणमा महोत्तरी जिल्लाका ६ हजार ६ सय ३२ किसानलाई ४ महिनाको कृषि ऋणको ब्याज तिरिदिएको छ ।
महोत्तरीको जलेश्वरमा आयोजित एककार्यक्रममा प्रदेश नम्बर दुईका भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लामा विभिन्न बैंक वित्तिय संस्था र सहकारी संस्थाबाट ५ लाखसम्म कृषि ऋण लिएका कृषकहरुको चार महिनाको ब्याज बराबरको रकमको चेक सम्बन्धित बैंकलाई हस्तान्तरण गरेका छन् ।
कोभिड–१९ महामारीकाकारण लकडाउन हुँदा किसानहरु सबभन्दा बढी समस्यामा परेको भन्दै मन्त्री साहले चैत, वैशाख, जेठ र असार महिनाको कृषि ऋणको ब्याज तिर्ने मन्त्रालयको योजना अनुरुप उक्त चेक हस्तान्तरण गरेका हुन्।
जिल्लामा कुल १३ हजार २ सय २९ जना कृषकले ब्याज तिरिदिन मन्त्रालय अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा आवेदन दिएकामा ५ लाख रुपैयाँभन्दा कम ऋण लिएका ६ हजार ६ सय ३२ जना कृषकको चार महिनाको ब्याज पहिलो चरणमा तिरिएका हुन् । ती कृषकहरुले विभिन्न ६४ वटा बैंक, वित्तिय संस्था र सहकारी संस्थाबाट कृषि ऋण लिएका थिए ।
मन्त्री साहका अनुसार ती किसानहरुको ब्याज बापत २ करोड, ५१ लाख, ४० हजार ४४ रुपैयाँ ६२ पैसा मन्त्रालयले बैंकहरुमा बुझाइएको बताए ।
मन्त्री साहले भने आठ वटै जिल्ला भरी ८० हजारमध्ये कृषिक फार्म भरेकोहो जस मध्य पहिलो चरणमा प्रदेशभरिका ५० हजार कृषकको चार महिनाको ब्याज तिरिने बताएका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार