प्रदेश ५ सरकारद्वारा सहकारीमार्फत किसानलाई पौने १२ करोड अनुदान
बुटवल, ३ साउन
प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड विशेष कृषि कार्यक्रम अन्र्तगत पौने १२ करोड रुपैयाँ अनुदान वितरण गरेको छ ।
प्रदेश को कृषि विकास निर्देशनालय र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले गरी कुल ११ करोड ७४ लाख ९ हजार १ सय ३४ रुपैयाँ नगद अनुदान प्रत्यक्ष किसानहरुलाई प्रदान गरेको छ ।
प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बाट उत्पादनमा आधारित दुध तर्फ ३१ सहकारीहरुलार्ई कुल ७ करोड ४८ लाख ६६ हजार ७ सय ८४ रुपैयाँ, खसी बोका कारोवार गर्ने सहकारीहरु १९ वटालाई कुल ४५ लाख ५८ हजार ३ सय ५० रुपैयाँ र कोभिड विशेष कृषि कार्यक्रम अन्र्तगत दुग्ध तर्फ ९३ वटा सहकारी संस्था मार्फत कुल २ करोड ७८ लाख १हजार २ सय रुपैयाँ, कुखुरा तर्फ कुल १ करोड १८ लाख २८ हजार रुपैयाँ गरी कुल ११ करोड ७४ लाख ९ हजार १ सय ३४ रुपैयाँ नगद अनुदान प्रदान गरेको हो ।
यस्तै प्रदेशको कृषि विकास निर्देशनालयबाट कोभीड १९ विशेष कार्यक्रम अन्र्तगत कुल ३६ लाख ८८ हजार रुपैयाँ किसानहरुलाई विज वृद्धि र सामग्री खरिदमा सहयोग गरिएको छ । कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाका अनुसार यसबाट कुल २ सय ७३ जना किसान लाभांवित भएका छन । कुल अनुदान बाट ५७ हजार ८ सय ६० जना किसानहरु लभांवित भएका छन ।अनुदान चेक हस्तानान्तरण कार्यक्रममा बोल्दै प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोभिड १९ को कारण रोजगारी गुमाएर बसेका व्याक्तिहरुको लागि कृषिमा विशेष काम गर्ने अवसर रहेको बताईन । उनले यसको लागि प्रदेश सरकार सदैभ तयार रहेको भन्दै कृषि क्षेत्रमा नयाँ लहर ल्याउने अवसर समेत यसलाई लिनको लागि आग्रह गर्नु भयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार