३० असोज २०८३, शुक्रबार

पोखरेलद्वारा पदभार ग्रहण, सबैको सहयोगका साथ अघि बड्ने प्रतिबद्धता

२०७७ साउन १, बिहिबार
पोखरेलद्वारा पदभार ग्रहण, सबैको सहयोगका साथ अघि बड्ने प्रतिबद्धता

काठमाडौं, साउन १

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा प्रकाश प्रसाद पोखरेल नियुक्त हुनुभएको छ ।

संघको सञ्चालक समितिले साउन १ गते अर्थात आजकै मितिबाट लागु हुने गरी पोखरेललाई नयाँ जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा २०७६ असार १ गते नेफ्स्कून प्रवेश गर्नुभएका पोखरेलले आजै पदभार ग्रहण गर्नुभएको छ । संघको केन्द्रीय कार्यालयमा आयोजित संक्षित कार्यक्रममा अध्यक्ष परितोष पौड्यालले कामु प्रमुख कार्यकारी अधिकृत पोखरलेललाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।

नवनियुक्त कामु प्रमुख कार्यकारी अधिकृत पोखरेललाई बधाई शुभकामना दिदै नेफ्स्कूनका अध्यक्ष पौड्यालले संस्थागत छवि विकासका लागि इमान्दारी र लगनशीलताका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

नवनियुक्त कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेफ्स्कून समग्र सहकारी अभियानको परिचायक भएकाले नीति, विधि, प्रविधिमा आधारित भएर सबैको सहयोगका साथ अघि बड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

करिब दुई दशक लामो सहकारी अनुभवलाई नेफ्स्कूनको प्रतिष्ठा बृद्धिमा नयाँ उर्जाका साथ खर्चिने प्रण समेत उहाँले गर्नुभयो । पदस्थापन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, लेखा सुपरिवेक्षण समिति सदस्य द्वय शुभद्रादेवी महतो, शुसिल बस्नेत लगायत उच्च व्यवस्थापनको उपस्थिति थियो ।

अभिलेख

लोकप्रिय