१४ वर्षमा चाइना ट्रेड सहकारी, सदस्यलाई उच्च स्तरको सेवा प्रदान गर्ने प्रतिवद्धता
काठमाडौं, १ साउन
चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था १४ वर्षमा प्रवेश गरेको छ । २०६४ साल साउन १ गते तत्कालिन डिभिजन सहकारी कार्यालयमा विधिवत दर्ता भई संस्थाले सदस्यहरुबीच उच्च स्तरको वित्तीय कारोबार गर्दै आएको छ ।
२९ जनाबाट सुरु भएको चाइना ट्रेड बहुउद्देश्यीय सहकारीको सहकारी यात्रामा १ हजार ३ सय सदस्य पुगेको छ । ७० लाख चुक्ता पूँजीबाट हाल ६८ करोड रुपैयाँ पुगेको छ ।
गुणस्तरीय व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोगमार्फत सदस्यलाई उच्च स्तरको सेवा प्रदान गर्ने संस्थाका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ बताउनुभयो । दीगो, भरपर्दो, विश्वसनीय र सुरक्षित माध्यामबाट सदस्य, समाज र देशको लागि योगदान दिनेतर्फ संस्था निरन्तर रुपमा क्रियाशील रहने संस्थाका अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाउनुभयो ।
गत आ.व. २०७६/०७७ मा संस्थाको इतिहासमा पहिलो पटक संरक्षित पूँजी फिर्ता कोषबाट शेयर सदस्यहरुलाई रकम वितरण गरेको छ । संस्थाले सदस्यहरुको कोरोना बीमा, विभिन्न आधुनिक सुविधाहरु सहितको मोवाईल बैकिङ सेवा, क्विआर पेमेन्ट सेवा, किस्ड कल बैंकिङ सेवा शुरु, विभिन्न गुणस्तरीय ब्यवस्थापन प्रणालीमा आवद्धता जनाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
संस्था काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि., जिल्ला सहकारी संघ लि. काठमाडौं, नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ लि., राष्ट्रिय सहकारी बैंक लि. र अन्तर्राष्ट्रिय रुपमा एशियाली ऋण महासंघसम्म आफ्नो नियमित रुपमा आवद्ध रहेको छ ।
हाल यस संस्था राष्ट्रिय सहकारी बैंक लि. द्धारा सञ्चालित CARE कार्यक्रम र ISO 9001:2015 Quality Management System लागु गर्न यी कार्यक्रममा सहभागी भईरहेको श्रेष्ठले बताउनुभयो ।
बिहीबार एक कार्यक्रमको बीच संस्थाले स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठको उपस्थितीमा स्थापना दिवस मनाईएको हो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार