४८ सहकारी संस्थाको लगानी जोखिमपूर्ण
२०७७ असार ३१, बुधबार
काठमाडौं, ३१ जेठ
देशभरका ४८ सहकारी संस्थामा सरकारले गरेको लगानी जोखिमपूर्ण अवस्थामा पुगेको छ ।
सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत १ हजार ७ सय ४३ सहकारीलाई लगानी गरेको छ । उक्त सहकारी मध्येमा ३५ करोड ३४ लाख ८७ हजार लगानी सरकारले गरेको छ । जसमध्ये १ सय ९२ सहकारी संस्थामा म्याद नाघेको साँवा १२ करोड ७३ लाख १२ हजार, ब्याज २ करोड १४ लाख ३९ हजार र जरिवाना ४१ लख ३० हजार रहेको छ ।
ती सहकारीबाट १५ करोड २८ लाख ८१ हजार असुल हुन बाँकी रहेको छ । उक्त असुल हुन बाँकी सहकारी संस्था मध्ये ४८ सहकारी संस्थाको लगानी जोखिमपूर्ण रहेको महालेखा परीक्षकको ५७ औं प्रतिवेदनमा उल्लेख छ । ती सहकारी संस्थालाई सम्झौता बमोजिम कारबाही गरी असुल गर्नुपर्ने निर्देशन दिईएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विश्व ऋण परिषद्को ‘डिजिटल ग्रोथ अवार्ड’ जित्दै चन्द्रागिरि साकोसले रच्यो इतिहास
५ श्रावण २०८३, मंगलवार
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार