१० भदौ २०८३, बुधबार

चाइना ट्रेडद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड, एउटै सदस्यले पाए एक लाख २१ हजार

२०७७ असार ३०, मङ्गलबार
चाइना ट्रेडद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड, एउटै सदस्यले पाए एक लाख २१ हजार

काठमाडौं, ३० असार

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७५/७६ को संरक्षित पूँजी फिर्ता कोषको रकम सदस्यहरुलाई बाँडफाँड गरेको छ ।

कोषमा रहेको रकम नियमित कारोबार गर्ने सदस्यहरुलाई बाँडफाँड गरेको संस्थाले जनाएको छ । सहकारी ऐन २०७४ र नियमावली २०७५ को प्रावधान अनुसार संस्थाले उक्त कोषको रकम सदस्यलाई फिर्ता गरेको हो ।

सदस्यहरुको जम्मा गरेको बचतको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भार आधारमा रकम फिर्ता गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

संस्थाले कर्जा कारोबार गर्ने १ सय ६४ जना सहित बचत तथा ऋणको कारोबार गर्ने ४ सय ७ जना यसबाट लाभान्वित भएका छन् ।

बचतमा योगदान गर्ने सदस्यले सबैभन्दा बढी ९० हजार ३ सय ४४ रुपैयाँसम्म प्राप्त गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै कर्जा १ लाख २१ हजार ८ सय ८७ रुपैयाँ सम्म रकम प्राप्त गरेको श्रेष्ठको भनाई छ ।

अभिलेख

लोकप्रिय