एक अंकको ब्याजदर बनाउने सिवाईसी साकोसको तयारी
बागलुङ, २७ असार
सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले आगामी आर्थिक बर्ष २०७७ र०७८ मा १६ वटा सेवा केन्द्रमार्फत सदस्यमैत्री कारोबार गर्ने लक्षसहित आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ ।
आगामी वर्ष सहकारीले एक्सेस ब्राण्डको मापदण्ड अनुसारको सेवा दिने नीति पनि लिएको छ । यो नीतिले आन्तरिक र बाहिरी रुपमा प्रतिष्पर्धी बन्ने बताइएको छ । ब्राण्डका लागि ८६ वटा सूचक बनाउने र सबल रुपमा पालना गराउने रहेको छ ।
आगामी वर्ष संस्थागत पूँजि र शेयर पूँजिलाई ४० प्रतिशत बृद्धि गर्ने लक्ष राखिएको छ । सहकारीले महंगो व्याज लिन्छन् भन्ने मान्यता हटाउन ११ प्रतिशत व्याजदरमै बिपन्न लक्षित ऋण दिने र केही वर्षभित्रै एक अंकको व्याज मात्र लिने तयारी गरिएको अध्यक्ष चण्डीप्रसाद शर्माले बताउनुभयो ।
संस्थाका सचिव जयराम भारीले सहकारीको नीति कार्यक्रम प्रस्तुत गर्दै आर्थिक बर्षको अन्त्यसम्ममा १४ हजार शेयर सदस्य र कुल सम्पत्ति २ अर्ब ५ करोड पु¥याउने लक्ष सहित हाल १ अर्ब ५ करोड सम्पत्ति परिचालनमा रहेको जानकारी गराउनुभयो ।
आगामी बर्ष दशवटै स्थानीय पालिकामा सहकारीको सेवा केन्द्र स्थापना हुने बताइएको छ । त्यस्तै सबै सेवा केन्द्रबाट रेमिट्यान्स कारोवार पनि संचालन गर्ने बताइएको छ । सदस्यको सन्तुष्टी जाँच गर्न हरेक बर्ष १० प्रतिशत शेयर सदस्यको सन्तुष्टी सर्भे गर्ने लक्ष्य राखिएको छ । हाल सहकारीमा १० हजार शेयर सदस्य संख्या पुगेको छ । दुई दर्जन साना सहकारीहरु मर्ज गर्ने तयारीसमेत सिवाइसीले गरेको छ ।
सहकारीले ऋणको प्रकारलाई बिभाजन गरेको छ । जस अनुसार औद्योगिक ऋण ८ प्रतिशत, व्यपार तथा व्यवसाय ऋण २५ प्रतिशत, कृषि ऋण ३० प्रतिशत, शैक्षिक ऋण ४ प्रतिशत तथा सम्पत्ति खरिद र मर्मत ऋणमा २० प्रतिशत बिनियोजन गरिने बताइएको छ । त्यसबाहेक युवा स्वरोजगार, लघुउद्यम ऋण, कर्मचारी सहुलियत ऋण समेत राखिएको छ । सिवाईसीमा असार मसान्तसम्म २० करोड शेयर पूँजि रहेकोमा आगामी बर्ष २४ करोड पु¥याउने लक्षसहित ३ अर्ब ५ करोडको अनुमानित कारोवारको तथ्यांक प्रस्तुत गरिएको थियो ।

नीति तथा कार्यक्रम र एटिएम सेवा उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले नेपाल सरकार सहित प्रदेश सरकार र स्थानीय तहहरुले सहकारीको पूँजि परिचालन गरेर देशको अर्थतन्त्र सबल बनाउने तहमा नसोचेको बताउनुभयो । बैदेशिक ऋण लिन सक्ने सरकारले आन्तरिक ऋणमा बिश्वास नगर्दा अर्थतन्त्र कमजोर भएको उहाँदे टिप्पणी गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार